एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक अन्यौलमा परेको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गलाई मुटुको समस्या देखिएपछि बैठक स्थगित भएको छ। 

उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको महासचिव किरण राईले बताए। ‘उहाँलाई मुटुको समस्या भएपछि मेडिसिटी भर्ना गरिएको छ,’ महासचिव राईले भने, ‘यसअघि पनि उहाँको मुटुको समस्याका कारण एन्जियोप्लाष्ट गरिएको थियो।’
 

प्रतिक्रिया