महिला खेलाडीसँग अभद्र व्यवहार गर्दा भारतमा फुटबल प्रशिक्षकले जागिर गुमाए 

दिल्ली। नर्वेमा युथ–१७ विश्व कपको तयारी गरिरहेका भारतीय महिला टिमका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई हटाइएको छ। एम्ब्रोसमाथि केही दिनअघि एक महिला खेलाडीले दूर्ब्यवहार गरेको आरोप लगाएकी थिइन। जसका कारण भारतीय फुटबल टिमले तुरुन्त उनलाई पदबाट हटाएको हो। उनीमाथि छानवीनको आदेश दिइएको छ। 

सर्वोच्च अदालतद्धारा गठित कमेटी अफ एडमिनिस्ट्रेटर्सको मुख्य सदस्य डा. एसवाई कुरेशीले प्रशिक्षकलाई हटाउने सम्बन्धमा सोसल मिडियामार्फत जानकारी दिएका हुन्। 

कुरेशीको पोष्टमा भनिएको छ, ‘युथ–१७ महिला टिमका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई यौन शोषणको आरोपमा हटाइएको छ। नियमअनुसार उनीमाथि लागेको आरोपको छानवीन हुनेछ।’

यसै वर्षको ११–३० अक्टुबरमा भारतमा आयोजना हुने विश्व कप अगाडि भारतीय टोली स्विडिस मुख्य प्रशिक्षक थोमस डेनरबीको रेखदेखमा युरोपमा खेलिरहेको छ। नोर्डिक ओपन प्रतियोगिताको आयोजना १–७ जुलाईमा हुँदैछ, यसमा भारतीय टोली पनि समावेश छ।

गत महिना स्लोभानियामा भएको कमनवेल्थ गेम्सको तयारीको क्रममा पनि भारतीय महिला टिमले साइक्लिस्टका मुख्य प्रशिक्षक आरके शर्मामाथि खराब व्यवहार गरेको आरोप लागेको थियो। भारतीय खेलकुद विभागले यो घटनापछि प्रशिक्षकलाई अभ्यासबाट तुरुन्त फर्काएको थियो। विश्व कपमा मेडल जित्ने महिला खेलाडीले पनि एक प्रशिक्षकमाथि मेडिकलको बेला बिना कुनै जानकारी भिडियो बनाएको आरोप लगाएकी थिइन। केन्द्रिय खेल मन्त्री अनुराग ठाकुरले सन् २०२१ को डिसेम्बरमा तीन वर्षयता भारतीय खेलकुदमा १७ वटा यौन शोषणको उजुरी परेको बताएका थिए। 
 

प्रतिक्रिया