नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन नै सेयर बजार ओरालो लागेको छ । पछिल्लो समय घटिरहेको सेयर बजार साताको पहिलो कारोबार दिन सोमबार पनि दोहोरो अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा सूचक र कारोबार रकम दुवै झरेका छन् । बजार परिसूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा पुगेको छ। सेन्सिटिभ सूचक पनि आज २.३० अंकले झरेको छ । दुई सय ३० कम्पनी कारोबारमा सामेल हुँदा २९ लाख कित्ता सेयर बिक्री भएको छ। यो भनेको ९९ करोड ८६ लाख रुपैयाँको कारोबार हो ।

बलेफी हाइड्रो र ग्रिन भेन्चर्सका लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अन्य कम्पनीका लगानीकर्तालाई निराश बनाएको छ । आज लगानीकर्ताले ५.४० प्रतिशतसम्म गुमाएका छन्। सानामा बैंकको सर्वाधिक नौ करोडको कारोबार भएको छ। उपकार लघुवित्तको साढे ५ करोडको कारोबार भएको छ।

प्रतिक्रिया