एसियन कप छनोट : कुवेतविरूद्व सुरूआती ११ घोषण, गोलरक्षकमा दीपलाई निरन्तरता

काठमाडौं– एएफसी एसियन कप छनोट अन्तर्गतको कुवेतविरुद्धको दोस्रो खेलको लागि नेपालको सुरुआती ११ घोषणा भएको छ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतविरुद्धको खेलमा टोलीमा कुनै परिवर्तन गरेका छैनन्।

उनले जोर्डनविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका गोलरक्षक दीप कार्कीलाई निरन्तरता दिएका छन्।

यस्तै, डिफेन्समा गौतम श्रेष्ठ, विकास तामाङ र विकास खवास रहेका छन्।

मिडफिल्डमा सेसेहाङ आङ्देम्वे र पुजन उपरकोटी रहेका छन्। फरवार्डमा कप्तान नवयुग श्रेष्ठसँगै आयुष घलान, मनिष डाँगी र सुरज ज्यू ठकुरी रहेका छन्।

नेपालको सुरुआती-११

दीप कार्की, सुमन अर्याल, विकास तामाङ, बिकाश खवास,गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुरज ज्यु ठकुरी, सेसेहाङ आङ्गदेम्बे,आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ  

प्रतिक्रिया