नेसन्स लिग : पोर्चुगलको अपराजित यात्रा कायमै

काठमाडौं- पोर्चुगलले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा चेक रिपब्लिकमाथि सहज जित निकालेको छ। लिस्वनमा बिहीबार राति भएको खेलमा अपराजित रहेको घरेलु टोली पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको हो।

पोर्चुगलको जितमा जोओ क्यान्सेलो र गोन्कालो गुइडेसले गोल गरे। दुवै गोल पहिलो हाफमा ६ मिनेटको अन्तरमा भएको थियो। ३३औं मिनेटमा जोओको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि गुइडेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।

त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पोर्चुगल विजयी हुन सफल भयो। यो जितसँगै अपराजित रहेको पोर्चुगल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। 

पराजित चेक रिपब्लिक ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। स्पेन ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन।

प्रतिक्रिया