६० अंकले बढ्यो शेयर बजार

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार बुधबार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीको ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । जम्मा सात वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

प्रतिक्रिया