नेसन्स लिग : हंगेरीमाथि युरोकप विजेता इटालीको जित

 

काठमाडौं– युरोकप च्याम्पियन इटालीले युईएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा पहिलो जित निकालेको छ।

ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोली इटालीले हंगेरीलाई २–१ ले पराजित गरेको हो।

इटालीको जितमा निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे। हंगरीले एक गोल जियानलुका मान्सिनीबाट उपहार पाएको थियो।

खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाले लियोनार्दाे स्पिनाजोलाको पासमा गोल गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए।

४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। ६१औं मिनेटमा मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी खेलमा फर्कने संकेत देखिएको थियो। तर, त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी भयो।

प्रतिक्रिया