अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

काठमाडौं– एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोटनजिक पुगेको छ।

कतारको अहमेद विन अली स्टेडियममा मंगलबार राति भएको खेलमा युएईलाई २–१ ले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको छनोटनजिक पुगेको हो।

अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र एज्दिन रुस्टिकले गोल गरे। युएईंका काइओले एक गोल फर्काए।

खेलको ५३औं मिनेटमा ज्याक्सनले गोल गर्दै अस्ट्रेलियालाई  सुरुआती अग्रता दिलाए।

तर, त्यसको ५ मिनेटमा काइओले बराबरी गोल फर्काए त्यसपछि ८४औं मिनेटमा एज्दिनले गोल गर्दै टोलीको जित २-१ ले पक्का गरे।

अब अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन अन्तर्राष्ट्रिय प्लेअफमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुसँग सोमबार प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया