एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

काठमाडौं– चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट गरेको छ।

एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय गर्दै पहिलो चरणमा ४० महिला खेलाडी छनोट गरेको छ। राखेपले एसियन गेम्सको तयारीस्वरूप विभिन्न खेलको प्रशिक्षण मंगलबार सुरू हुने जनाएको छ।

चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन ​गेम्स कोरोना महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको छ। 

१० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता लागि नेपालले समेत आफ्नो तयारी सुरू गर्ने तयारी गरेको थियो। तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारीसमेत प्रभावित भएको थियो।

तर, राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सका लागि प्रशिक्षण थाल्न सिफारिस गरेको थियो। कमिटीको सिफारिस अनुसार राखेपले खेलाडीलाई प्रशिक्षणमा राख्न लागेको हो।

चितवनमा भएको राष्ट्रिय लिग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा महिला फुटबल खेलाडीहरु छनोट गरिएको एन्फाले जनाएको छ। टोलीको प्रशिक्षण आज ७ जुनदेखि नै सुरु हुने छ।

प्रारम्भिक चरणमा छनोट भएका खेलाडी
एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक), अन्जना रानामगर (गोलरक्षक), उषानाथ (गोलरक्षक), कविता विके (गोलरक्षक), अमृता जैशी, गीता राना, पुनम जर्घामगर, हीरा कुमारी भुजेल, पुजा राना, विमला विके, सृजना सिंह, निशा थोकर, सलोनी राना मगर, सृजना चेम्जोङ, समीक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मन्जली कुमारी योन्जन, निर्मला उपाध्यय, दीपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विके, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल र कुसुम खतिवडा

प्रतिक्रिया