६४ वर्षपछि वेल्स विश्वकपमा छनोट

काठमाडौं– आत्मघाती गोलको मद्दतमा युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ।

कार्डिफमा आइतबार राति भएको युरोपेली छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स दोस्रोपटक विश्वकपमा छनोट भएको हो। वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो।

वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो। त्यसयता वेल्स विश्वकपमा छनोट हुनै सकेको थिएन। 

आइतबार राति भएको खेलमा वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्माेलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। उनले ३४औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए।

अब वेल्स इङ्ग्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी मा सामेल भएको छ।

प्रतिक्रिया