चलचित्र ‘घुईचो’मा एलिजा र कुन्साङ 


काठमाडौं । आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’मा नायिका एलीजा गौतम अनुबन्धित भएकी छिन्. । 


सोमबार काठमाडौंको नयाँबानेश्वरस्थित् होटेल एभरेष्टमा पत्रकार सम्मेलनमा  चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्दैछन् । 


चलचित्रमा नायकको रुपमा मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् । निर्माता रामजी दैलेखीका अनुसार चलचित्रको छायांकन माघबाट सुरु गरिनेछ । 

aliza-gautam-and-kunsang-1

नायिका एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । अघिल्लो चलचित्र ‘अनुराग’ सिक्ने मौका पाएको बताउँदै एलिजाले भनिन्, ‘घुइचोमा मेहनत गर्नेछु, मलाई कथा एकदम मन परेको छ ।’


नायक कुन्साङले राम्रो कथावस्तुमा काम गर्न आफू उत्साहित भएको बताए । निर्देशक लामाले चलचित्रमा सुःख–दुःख, सपना, इमान्दार र बेइमानहरुको घुइँचो रहेको बताए । 


जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ । यसको छायाँकन नेपाल र अमेरिकासम्म हुने बताइएको छ । 

aliza-gautam-and-kunsang-6

प्रतिक्रिया