राष्ट्र बैंकका नवनियुक्त सञ्चालकद्वय सिवाकोटी र आचार्यले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले शपथ ग्रहण गरेका छन्।  

सर्वोच्च अदालतमा बिहीबार कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनीहरूलाई शथप ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को गत ६ गतेको निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । सिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक भएकार काम गरिसकेका छन्।

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ। 
 

प्रतिक्रिया