तीन बीमा कम्पनीबीच मर्जर सम्झौता

काठमाडौं । तीनवटा जीवन बीमा कम्पनीबीच मर्जरको सम्झौता भएको हो । बीमा समितिका अनुसार बिहीबार प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको हो ।

चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याएपछि मर्जरको सम्झौता भएको बीमा समितिले जनाएको छ । तीनवटै बीमा कम्पनी गाभिएपछि कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।

चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया