१८ अङ्कले घट्यो शेयर बजार

काठमाडौं । लगातार चार दिनसम्म बढेको शेयर बजार बिहीबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ ।

आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया