३२ अङ्कले घट्यो नेप्से

काठमाडौं । शेयर बजार बुधबार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया