मंसिरकै लगनमा गायिका प्रविशाको विवाह पक्का

 


काठमाडौं । मंसिरकै लगनमा गायिका प्रविशा अधिकारीको विवाह पक्का भएको छ ।  
‘भ्वाइस अफ किड्स’की निर्णायकमध्येकी एक प्रविशाले प्रेमी निर्माण सिटौलासँग विहिबार झापामा टिकाटालो गरिन् । 


झापा घर भए पनि प्रविशाका हुनेवाला पति सिटौला केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । 
पारिवारिक रुपमा विवाहको कुरा चल्दै गर्दा उनीहरुविच विवाहअघि नै प्रेमको पालुवा पलाएको थियो, जुन अब विवाहमै परिणत हुँदैछ । 


आइतबार (मसिर ५) मा उनीहरुको विवाह हुँदैछ । 
 

प्रतिक्रिया