खासै जमेन ‘बबली और बन्टी’को सिक्वेल 

babli aur bunty

सेफ अलि खान र रानी मुखर्जीको ठगठागसम्बन्धी चलचित्र ‘बन्टी और बबली–२’ बक्स अफिस रेकर्ड खासै सन्तोषजनक रहेन । 

शुक्रवार प्रदर्शनमा आएको यो चलचित्रको सुरुवात नै सुस्त भएको ‘बक्स अफिस इन्डिया डटकम’ले जनाएको छ । उता अक्षयकुमारको चलचित्र ‘सूर्यवंशी’ले भने दुइ सातामा बम्पर कमाइ गरेको छ । 

कोरोना महामारिलगत्तै रिलिज भएको ‘सूर्यवंशी’ले पहिलो सातामा एक अर्ब २० करोड र दोस्रां साता ४६ करोड भारु कमायो । 

bunty-aur-babli-2-1200

चलचित्र ‘बन्टी और बबली–२’ मा सेफ अली खान र रानी मुखर्जीसहित सिद्धान्त चतुर्वेद र शरवरी बाघ पनि छन् । सन् २००५ मा रिलिज भएको चलचित्र ‘बन्टी और बबली’मा रानी मुखर्जीका साथ अभिषेक बच्चन, अमिताभ बच्चन र ऐश्यर्या राय थिए । यो चलचित्रको कुल कमाइ एक अर्ब २० करोड थियो । यसको सिक्वेल भने खासै जम्ने देखिएन । 

प्रतिक्रिया