चर्चित गोलरक्षक एन्जिलाबारे चलचित्र बन्ने 


काठमाडौं । नेपालमा पनि चर्चित खेलाडिको बायोपिक बन्ने भएको छ । 

राषि्ट्रय महिला फुटबल टोलीकी गोलकिपर एनि्जला तुम्बापो सुब्बाको जीवनमा चलचित्र बन्दैछ, जसको निर्देशन मिलन चाम्सले गर्नेछन् । 

पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राषि्ट्रय फुटबल टोलीको गोलकिपरसम्मको एनि्जलाको कथा चलचित्रमा समेटीनेछ । निर्देशक चाम्सका अनुसार एनि्जलाको संघर्ष र सफलता प्रेरक भउकाले चलचित्र बनाउने जमर्को गरिएको हो । 

प्रेम कुमार श्रेष्ठ निर्माता रहेको चलचित्रको हाल प्रारमि्भक नाम एनि्जला नै राखिएको छ । वर्ष २०७९ बाट छायांकन प्रारम्भ हुनेछ । 
यो चलचित्रमा दयाहाङ राई र सिर्जना सुब्बाले मुख्य भूमिकामा अभिनय गर्ने गोप्य सूत्रको हवाला दिदै फिल्मीखबर डटकमले जनाएको छ । साथै चलचित्रमा एनि्जलाको पनि अभिनय छ । 

विसं २०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जनि्मएकी एनि्जलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी हुन् । 

सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राषि्ट्रय प्रतियोगितामा डेब्यू गरेकी एनि्जला विसं २०१४ बाट राषि्ट्रय टिममा परेकी थिइन् । 

प्रतिक्रिया