फेला पर्यो, पाँच हजार वर्ष पुरानो विषको प्रमाण 

काठमाडौं । वैज्ञानिकहरुले ५ हजार वर्ष पुराना केही मानव कंकाल फेला पारेका छन्, जसमा उच्चस्तरको पारो (मरक्यूरी) भेटिएको छ । विशेषज्ञका अनुसार यो मरक्यूरी सबैभन्दा पुरानो विषको प्रमाण हो । 

३ सय ७० व्यक्तिका प्राचीन हाडहरुको खोजी स्पेन र पोर्चुगलमा गरिएको हो । यी मानव नवपाषण या ताम्र युगमा जीवित थिए । इशापूर्व २९०० र २६०० बीचका मानिसको शरीरमा पारोको उच्चस्तर पाइएको छ । 

अमेरिकाको नर्थ क्यारिलिना विश्व विद्यालय, विलमिंगटनको नेतृत्वमा वैज्ञानिकको एउटा टोलीले मानिसलाई विष कसरी दिइयो भन्ने रहश्य खोतलेका छन् । सिनाबार नामक पत्थरको सम्पर्कमा आएकाले ती प्राचीन मानवको शरीरमा विष पुगेको वैज्ञानिकको दाबी छ । सिनाबार एउटा मरक्यूरी सल्फाइड खनिज हो, जुन विश्वभर थर्मल र ज्वालामुखी क्षेत्रमा स्वाभाविक रुपमा निर्माण हुन्छ । फुटाउँदा यो रातो धुलोमा परिणत हुन्छ । 

ऐतिहासिक रुपमा यो पाउडरको उपयोग रंगरोगनका लागि गरिन्थ्यो । यसका साथै जादुई ‘ड्रग्स’ का रुपमा पनि यसको उपयोग गरिन्थ्यो । सोधकर्ताहरुले इन्टरनेशनल जर्नल अफ आस्टियोआर्कियोलोजीमा उल्लेख गरे अनुसार पिगमेन्ट, पेन्ट र ड्रग्सका रुपमा सिनाबारको उपयोग पाषाणकालबाट सुरु भयो र नव पाषाणकाल र ताम्र युगमा बढदै गयो । 

यो अध्ययन पुरै स्पेन र पोर्चुगलका २३  वटा पुरातात्विक स्थलमा अवस्थित ५० चिहानघारीबाट सँकलित ३ सय ७० व्यक्तिका हाडहरुका आधारमा गरिएको हो । सोधकर्ताका अनुसार मरेका मानिसहरुले भुलबस सिनाबार पाउडर सुँघे या खाए होलान् । जसबाट उनीहरुको हाडमा पारोको स्तर असामान्य रुपमा बढ्यो । 

प्राचीन हाडहरुमा मरक्यूरीको स्तरको अनुमान विश्व स्वास्थ्य संगठनको मानकबाट लगाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कपालमा पारोको सामान्य मात्रा १ या २ पीपीएमभन्दा बढी हुनुहुँदैन । तर, प्राचीन केही व्यक्तिको हाडमा ४०० पार्ट प्रति मिलियन (पीपीएम) सम्मको स्तर रेकर्ड गरिएको छ ।
 
आल्माडेन सिनाबारको उपयोग ७ हजार वर्षपहिले नवपाषाणकालमा सुरु भएको थियो । तर, ताम्र युगको प्रारम्भमा यो खनिजले समाजमा महत्वपूर्ण स्थान ओगट्यो । प्राचीन कालमा बनाइएका मानव समाधीलाई सिनाबारबाटै रंगाउने गरिन्थ्यो । 

प्रतिक्रिया