भाग्यको भर नपरौं, यस्ता छन् जीवन सफल हुने सूत्र

मानिस सफल हुन चाहन्छ । कुनै पनि कार्यमा सफल हुन चाहन्छ । सफलता मानिसको चाहना हो । पूजा गरे पनि पूजामा सफल हुन चाहन्छ । अरु काम गरे पनि त्यसैमा सफल हुन चाहन्छ । ध्यान गरोस्, ध्यानमा सफल हुन चाहन्छ । काम गरोस् काममा सफल हुन चाहन्छ । मानिस कुनै पनि यात्रा अधुरो छोड्न चाहँदैन । पूर्ण हुन चाहन्छ । रामतिरको यात्रा होस्, या कामतिरको यात्रा होस्, सफल हुन चाहन्छ, पूर्णता चाहन्छ । अब पूर्ण भएन भने के कामले पूर्ण भएन ? कारण खोज्नुपर्छ ।

मैले ध्यान गरिरहेको छु, ध्यानमा त्यति सफल हुन सकिनँ भने कारण खोजौं । किन सफल हुन सकिनँ । कुनै काम गरिरहेको छु, काममा सफल हुन सकिनँ, यहाँ पनि कारण खोजौं । मेरा सम्बन्धहरु जस्तो हुनुपथ्र्यो, त्यस्ता भएनन्, सम्बन्ध बिग्रियो, म सम्बन्धको क्षेत्रमा असफल भएँ भने यहाँ पनि कारण हुन्छ, कारण खोजौं । व्यवसायको क्षेत्रमा असफल भएँ, जस्तो व्यवसाय हुनुपर्छ भन्ने मेरो अपेक्षा थियो, त्यो अनुसार भएन, म असफल भएको मैले अनुभव गरेँ भने यहाँ पनि कारण खोजौं । त्यत्तिकै असफलचाहिँ होइँदैन । कुनै पनि क्षेत्रमा असफल हुनको पछाडि कारण हुन्छ र हामीले कारण खोज्यौं भने सहज हुन्छ । 

रोग पत्ता लगायौं भने औषधि गर्न अति नै सहज हुन्छ । रोग पत्ता लागेको छैन भनेचाहिँ औषधि भए पनि काम लाग्दैन । कुन औषधि प्रयोग गर्नुपर्ने हो के थाहा र ? रोग कस्तो हो ? जानकारी छैन । रोगको विषयमा नै हामीलाई थाहा छैन । यो अवस्थामा कठिनाई हुन्छ । रोग पत्ता लगायौं भने औषधि पाउन गाह्रो हुँदैन । औषधि त पाइन्छ तर सबैभन्दा पहिला रोग पत्ता    लगाउनुपर्छ । 

असफलताको पछाडिको कारण के हो ? असफल बनाउने रोगहरुचाहिँ के–के हुन् ? मैले जे काम गरेको छु त्यसमा असफल बन्नको लागि को दोषी छ । को जिम्मेवार छ ? मेरा साथीभाइहरु, काम गर्ने सहयोगीहरु जिम्मेवार छन् या परिस्थिति जिम्मेवार छ । के जिम्मेवार छ असफलताको लागि ? कारण खोजौं । असफलताको पछाडिको कारण खोजेनौं भने सफल हुन सक्दैनौं । हामीलाई लाग्छ, मेरा सहयोगीहरु ठीक नभएकाले म असफल भएँ । मलाई कसैले मद्दत गरेनन्, त्यसकारण म असफल भएँ । मेरो परिवारले सहयोग गरेन अनि असफल भएँ । मेरा इष्टमित्रहरुले साथ दिएनन्, त्यसकारण असफल भएँ । विभिन्न प्रकारका असफलताका कारणहरु हामी खोज्छौं । तर यी सबै कारण गलत हुन् । किनभने अरुको कारणले असफल भएँ भनेर सोच्ने हो भने मैले आफूलाई सुधार्नु परेन । किनभने म असफल भए अरुको कारणले भएँ । अरु सुध्रिए भइहाल्यो नि म किन सुध्रिऊँ । आफूतिर दृष्टि गएन । 

कुनै पनि कर्ममा असफलताको एउटै मात्र कारण हो– आफू स्वयं । मैले गरेको तरिका मिलेन । मेरा सहयोगीहरुले राम्रो काम गरेनन् भने सहयोगीहरुलाई काम गराउन मैले   जानिनँ । उनीहरुको सहयोग लिन जानिनँ । पूरै प्रकृति सहयोग दिन तयार छ । प्रत्येक व्यक्तिहरु सहयोग दिन तयार छन् । तर हामीले सहयोग लिन जानेनौं । आफू सहयोग लिन नजान्ने अनि अरुले सहयोग गरेनन् भन्नुको के अर्थ हुन्छ ? अरुले माया गरेनन् भन्नुको केही अर्थ छैन । माया कसरी लिने आफूले जान्नुपर्छ । त्यत्तिकै कसैले कसैलाई माया गर्दैनन् । माया गर्नुपर्ने गुणहरु ममा छ कि छैन ? हेर्नुपर्छ । मैलेआफूलाई सुधार्नुपर्छ । म कस्तो छु, म माया गर्न, प्रेम गर्न, सहयोग गर्न लायक बनेँ कि बनिनँ, त्यस्तो छु कि छैन ? म कस्तो छु, आफूलाई हेर्नुपर्छ । 

मैले आफना गुणहरुलाई विकसित गरेर मलाई माया गर्न लायक बनाएँ भने सबैले माया गर्छन् । कुनै पनि मानिसले घृणा गर्दैन । राम्रो मानिसलाई कसले घृणा गर्छ र ? राम्रो मानिसलाई कसले मन पराउँदैन ? जो व्यक्ति सहयोगी छ, मृदुभाषी छ, जसले सबैको हितमा काम गर्छ, यस्तो मानिसलाई कसले मन पराउँदैन ? जुन मानिसभित्र शुभ गुणहरु छन्, राम्रा आदतहरु छन् भने कसले मन पराउँदैन ? साह्रा दुनियाँ सहयोगी हुन्छ । आफूभित्र नराम्रा गुण लिएर आउने, आफू अरुको सहयोग लिन नजान्ने, अनि सहयोग दिएनन् भनेर   भन्ने ? यो अलि नमिल्दो कुरा हुन्छ । 

सफल हुन चाहने हो भने असफलताका कारण खोज्नुपर्छ र यिनीहरुलाई हटाउनुपर्छ । आज म जे काम गरिरहेको छु, यसमा असफल भएँ, यसले त सिकाउँछ । अर्कोपटक असफल नहुनको लागि यसले वातावरण बनाउँछ । प्रत्येक असफलताबाट सिक्नुपर्छ तर हामी असफलताबाट सिक्दैनौं । नसिक्नुको कारण हो– अरुलाई दोष दिनु । फलानोले गर्दा बिगारिदियो । यो मानिसले गर्दा मैले उन्नति गर्न सकिनँ । मैले त राम्रो गरेको थिएँ, उसले नराम्रो ग¥यो, त्यसकारण बिग्रियो । आज हामीले हाम्रो देशलाई हेर्ने हो भने स्थिति त्यस्तै छ । एकले अर्कोलाई दोष मात्रै दिन्छ । आफ्नो कमजोरी कसैले हेर्दैन, कुनै पनि नेताले मेरो कमजोरीको कारणले देश बिग्रियो भनेको छैन । अर्को मान्छेको कमजोरीको कारणले देश बिग्रियो भनेको छ । यसले त सदा–सदा असफलतातिर लिएर जान्छ । आज देशको स्थिति यस्तो हुनुमा मेरो पनि हात छ भनेर प्रत्येक व्यक्तिले बिचार गर्ने हो भने देश असफल हुँदै हुँदैन । नेताहरुले मात्रै हैन, प्रत्येक नागरिकले सोच्नुपर्छ, प्रत्येक नागरिकले विचार गर्नुपर्छ, के यो देश कमजोर हुनुमा मेरो त हात   छैन ? म असफल भएँ, देश असफल भयो । व्यक्ति, व्यक्ति सफल हुँदै गए भने देश त्यसै सफल भइहाल्यो नि । तर, व्यक्ति व्यक्ति असफल हुँदै गए, पूरै नागरिक असफल हुँदै गए भने राष्ट्र कसरी सफल हुन्छ ? नागरिक सफल भए भने राष्ट्र सफल भयो र नागरिकहरु असफल हुनुको कारण नागरिकहरु आफैंले आफैंमा खोज्नुपर्छ । 

म असफल हुनुको कारण के हो ? गहिरोसँग कारण खोजौं । प्रत्येक असफलताबाट सिक्नुपर्छ । तर हामी असफलताबाट सिक्दैनौं । नसिक्नुको कारण हो अरुलाई दोष दिनु । फलानोले गर्दा बिगारिदियो । यो मानिसले गर्दा मैले उन्नति गर्न सकिनँ । मैले त राम्रो गरेको थिएँ, उसले नराम्रो ग¥यो, त्यसकारण बिग्रियो । आज हामीले हाम्रो देशलाई हेर्ने हो भने स्थिति त्यस्तै छ । एकले अर्कोलाई दोष मात्रै दिन्छ । आफ्नो कमजोरी कसैले हेर्दैन । कुनै पनि नेताले मेरो कमजोरीले देश बिग्रियो भनेको छैन । अर्को मानिसको कमजोरीको कारणले देश बिग्रियो भनेको छ । यसले त सदा–सदा असफलतातिर लिएर जान्छ ।

आज देशको स्थिति यस्तो हुनुमा मेरो पनि हात छ, भनेर प्रत्येक व्यक्तिले विचार गर्ने हो भने देश बन्न धेरै बेर लाग्दैन । देश असफल हुँदै हुँदैन । व्यक्ति व्यक्ति सफल हुँदै गए भने देश त्यसै सफल भइहाल्यो नि । व्यक्ति व्यक्ति असफल हुँदै गए भने, नागरिक असफल हुँदै गए भने राष्ट्र कसरी सफल हुन्छ । नागरिक सफल भए भने राष्ट्र सफल भयो ।  हामी आफू आफैंमा सुध्रिन सक्यौं भने यो राष्ट्र सुध्रिन्छ । विकसित हुन्छ र यो राष्ट्र सफल हुन्छ । हैन, एकअर्काले दोष दिएर बस्ने हो भने यो मुलुक सुध्रिन कठिनाइ छ । मुलुकलाई समृद्ध बनाउन सकिँदैन । किनभने असफलताको कारण हामीले अरुलाई दिइरहेका छौं ।

असफलता आफ्ना साह्रा कारण अरुमा देख्दा कमजोरी आफ्ना बुझ्ने अवसर सबै गुमाएँ । अर्काको गल्ती गन्न आफ्नो समय लगाउँदा सम्बद्ध मात्र हैन, सम्मान पनि गुमाएँ । यी सब कुरा हामीले गुमायौं । अरुले कतिवटा गल्ती ग¥यो, यही गनेर बसेका छौं, हाम्रो त कामै अरुको गल्ती गन्ने भएको छ । हामी त अरुको गल्ती हेर्न बसेका छौं । हाम्रो त कामै अरुको गल्ती हेर्ने हो । जहाँसुकै जानोस्, खाली अरुको आलोचना मात्रै सुन्नुपर्छ । यो देशका सञ्चालकहरु, नेताहरुकोमा जानुभयो, ठूलाबडाकोमा जानुभयो भने पनि एक–अर्काको आलोचना गरेर बसेका हुन्छन् । उसले गर्दा बिगा¥यो, यसले गर्दा बिगा¥यो, देशी हस्तक्षेप भयो अनि असफल भए, विदेशी हस्तक्षेप भयो अनि असफल भएँ । हामी खाली अरुलाई दोष दिएर बसेका छौं । 

नागरिकहरुकोमा गइयो भने यो नेताले गर्दा दुःख पाइयो, देश बिग्रियो यो फलानोले गर्दाखेरि, यो नेताले गर्दा देश बर्बाद भयो । नेता कसले  बनाएको ? आफू नेता बनाउने अनि आफैं गाली गरेर बस्ने ? हाम्रो नेता कस्तो हुन्छ ? हामी जस्तो छौं, त्यस्तै हुन्छ । हामीले बनाएको न हो नेता, आफैं उम्रिएको हैन, बनाउने बेलामा आफैं बनाउने, अनि आफैं गाली गरेर    बस्ने ? आफ्ना कमजोरी हेरौं न । हामीले छान्ने बेलामा पो त्रुटि ग¥यौं   कि । हेरौं न आफूमा । सुधार्न सजिलो हुन्छ । तर यसले मात्रै गल्ती ग¥यो भन्ने हो भने सुध्रिन सकिँदैन । सुधार्न सकिँदैन । असफलताको कारण आफूमा बुझौं ।       

कुनै पनि क्षेत्रमा असफल भएको छु भने कारण म आफैं हुँ । यो स्पष्ट भएर बुझे हुन्छ । अरु कोही हुन सक्दैन । जुनसुकै क्षेत्रमा काम ग¥यौँ, म ध्यान गर्छु, ध्यानमा असफल भएँ, अब अरुले गर्दाखेरि असफल भएँ भनेर अरुलाई दोष दिएँ भने म सफल हुन्न । ध्यान गर्न लागेको, बाहिर मानिस कराए अनि के गर्ने त असफल भइनँ ? त्यही बेलामा कुकुर करायो, यता कीरा करायो, हावा चलेको थियो, पात हल्लियो, आवाज आयो ।

यी त आउँछ । प्रकृतिलाई पूरै चूप लगाउन सकिन्छ र ? चराहरु पनि कराउँछन्, कीराहरु पनि बोल्छन् । हावा चलेको आवाज पनि आउँछ, मानिसहरुको आवाज पनि आउँछ । जनावरको आवाज पनि आउँछ । मोटरगाडीहरु कुदिराखेका छन्, त्यसको पनि आवाज आउँछ । स्वाभाविक हो । यो सबै शान्त होस् अनि म ध्यान गर्छु र यी आवाजहरुको कारणले मैले ध्यान गर्न सकिनँ भनेर अरुलाई दोष दिने हो भने हामी जीवनभरि कहिल्यै ध्यान गर्न सक्दैनौं ।

जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेशले आफ्नो प्रवचनमा भनेका छन्-  जतिखेर पनि बोलिरहने मन बन्द भयो, यहाँबाट शान्ति आउँछ । बाहिरको आवाजहरु बन्द भएर शान्ति आउने नै हैन । तर हामी बाहिरको आवाजलाई दोष दिएर आफूभित्रको आवाजलाई बलियो बनाउँछौं । आफ्नो बोलीको गति झन् बढाउँछौं । मन झन् बढी चञ्चल होस्, यस्तो वातावरण बनाउँछौं । अरुलाई दोष दियो कि यो चञ्चलता अरु बढ्छ । आफूमा खोज्यौं भने चञ्चलता घट्छ । जुनसुकै क्षेत्रमा काम गरे पनि असफल भएँ भने कारण आफूमा खोजौं । यसले हामीलाई समृद्धितिर लिएर जान्छ, शान्तितिर लिएर जान्छ । आनन्दतिर लिएर जान्छ । हामी सबैलाई पनि असफलताको कारण आफैंमा खोज्ने अवसर मिलोस् र आफूलाई सुधार्ने अवसर मिलोस् । हामी सबैलाई पनि ध्यान गर्ने अवसर  मिलोस् ।

प्रतिक्रिया