डल्फिनसँग महिनौं सेक्स,  अमेरिकी लेखकको अनौठो दाबी 

वाशिंगटन । मानिस र जनावरबीच एउटा अनौठो सम्बन्ध हुन्छ । कुनै घरमा मालिक र उसले पालेको जनावरबीच भावनात्मक सम्बन्ध हुन्छ । अमेरिकाका एक लेखकको दाबी आश्चर्यजनक छ । म्याल्कम ब्रेनर नाम गरेका ती लेखकले डल्फीनसँग प्रेम र यौन सम्पर्क गरेको दाबी गरेका छन् । 

ब्रेनरले आफ्नो पुस्तकमा के पनि खुलासा गरेका छन् भने डल्फीनसँग महिनौंको यौन सम्बन्धपछि जब दुबैको सम्बन्ध विच्छेद भयो, डल्फीनले आत्महत्या गरिन् । 

एउटा अविश्वसनीय दाबी । पत्याउनै मुश्कील । तर, ‘द सन’ को रिपोर्टमा उल्लेख भए अनुसार ब्रेनरले सन् १९७० को दशकमा अमेरिकाको फ्लोरिडास्थित सरसोताको आफ्नो वाटर पार्क होममा ६ महिनासम्म ‘डली’ नामक डल्फिनसँग यौन सम्पर्क राखेको स्वीकार गरेका छन् । 

‘द मिरर’ सँगको कुराकानीमा ब्रेनरले भनेका छन्, ‘डल्फिनले नै मलाई यौन सम्पर्कका लागि प्रेरित (अतिरेक) गरेकी हुन् ।’ 

सन् ७० को दशकमा ब्रेनर कलेजमा पढने विद्यार्थी थिए, जसले गर्दा उनलाई डाली डल्फिनको जल विचरण क्षेत्रमा जान कुनै निषेध थिएन । त्यहाँ पौडी खेल्ने क्रममा डली स्वयं ब्रेनरको नजिक आएकी थिइन् । 

ब्रेनरका अनुसार डल्फिनसँगको सम्बन्धलाई उनले ‘रिलेशनशिप’ संज्ञा दिए, किनकी भएको त्यही थियो ।

dalphin sex
 
पार्क बन्द भएपछि डलीलाई अर्को ठाउँमा लगियो । तर, ब्रेनरसँग भेटेको नौ महिनापछि डलीको मृत्यु भयो । 

‘डलीले जानी बुझी आफ्नो स्वास रोकेर आत्महत्या गरेकी हुन्’, ब्रेनरको दाबी छ । 

डल्फिनको आत्महत्याको दाबीलाई लिएर वैज्ञानिकहरुको फरक फरक मत सार्वजनिक भएको छ । यद्यपि कुनै जलीय जन्तु आत्महत्याबाट मरेको सूचना यो पहिलो चाहिँ हैन । 

डलीको मृत्युपछि पाँच वर्षसम्म ब्रेनर डिप्रेशनको शिकार भए । ब्रेनरको कुनै जनावरसँगको यौन सम्पर्क डलीसँगको भने पहिलो हैन । यसअघि उनले किशोरवयमा आफ्नै घरमा पालिएको कुकुरसँग पनि यौन सम्पर्कको कोशिस गरेका थिए । 

ब्रेनरको पुस्तक ‘वेट गडनेस’ सन् २०१० मा प्रकाशित भएको थियो, जसका बारेमा अहिलेसम्म चर्चा जारी छ । 

प्रतिक्रिया