खल्ती एप्सको कर्मचारी भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी ठगी गर्ने पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र १८ वर्षीय करण यादवलाई पक्राउ गरेको हो । उनीहरु विभिन्न व्यक्तिबाट ओटीपी कोड लिई उनीहरुको नामको आइडी खोली अनलाइन ठगी कार्यमा संलग्न रहेको खुलेको छ ।

उनीहरुले ओटीपी पाएपछि खल्ती एप्समा रहेको खाताको पैसा पठाएर विभिन्न मनी ट्रान्सफहरुबाट पैसा निकाल्ने गरेका थिए । अनलाइन ठगी कार्यमा संलग्न भएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनीहरुलाई पुस ३० मा पक्राउ गरेको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया