मेरो सपनामा मदन कमरेड

-सुनिलराज उप्रेती

अनामनगरको चिया पसलमा मदन कमरेडलाई कुर्दै थिएँ । वहाँको कुराई अलि लामै होला जस्तो भएपछि मैले आफ्नालागि चिया अर्डर गरेर बसेको थिएँ, त्यतिकैमा साइकलमा मदन कमरेड सरर आउनु भयो । अनि साइकल रोकेर डबल स्ट्याण्ड लाउनु भयो । सदाझैँ म उठेर 'अभिवादन कमरेड' भने पछि वहाँले 'के छ हाल खबर' भनेर सोध्नु भयो । फुङ्ग उडेको अनुहारमा त्यति उत्साह थिएन । वहाँको उत्तर दिँदै ठिकै छ भनुँ भने ठीक छैन, छैन भनुँ भने काम त गरेकै छु, दुई छाक मन लागेको खान पाएकै छु, देश भित्र भन्या ठाउँमा घुम्न पाएकै छु, आफ्नै घरमा बसेकै छु भने पछि अनि 'देशको' भनेर वहाँले थप्नु भयो । 

958193b4-c564-4deb-960a-c6863835977a

मैले भने, काँग्रेस र एमालेको गठवन्धन सरकार दुई तिहाईको हो यो सरकारले राम्रोसँग काम गर्न नसकेको अवस्था छ । परराष्ट्र नीति ध्वस्त छ, विदेशी सामू नेपालको विश्वसनियता खस्कँदो छ । वेरोजगारी बढ्दो छ, युवा कामको खोजीमा विदेश पलायन हुने क्रम बढ्दो छ । जसका कारण ग्रामिण क्षेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ । युवा पलायनका कारण सामाजीक कुरीतिहरु ब्यापक बढेको छ । पारपाचुके बढ्दो छ । तराईका जङ्गल तथा खोलामा रहेको बालुवा ढुङ्गा ब्यापक रुपमा सरहद बाहिर चोरीनिकासी बढ्दो छ भनेपछि वहाँले के देशमा विकास भएकै छैन त रु भनेपछि विकास पनि भएको छ । तराई, पहाड तथा हिमालका ग्रामीण वस्तिका बाटोहरुमा कालोपत्रे पनि भएको छ । चुरे तथा समथर जङ्गलहरु नाङ्गो छन् जसका कारण मरुभूमिकरण बढ्दोछ । यही अवस्थालाई रोक्नका लागि सुरक्षा निकायलाई जिम्मा नदिने हो भने एक दशकमा तराईको बन इतिहास बन्ने छ । जंगल विनाशका कारण भूमिगत जलको तह धेरै तल पुगिसकेको छ । तराई पुरै मरुभूमिमा परिणत हुने छ भनेपछि वहाँले केही भन्न खोजेको बुझेर म चुप लागेँ ।

अनि वहाँले एउटै कुरा सटिक तरिकाबाट भन्नुभयो । नीतिहरुको सवै भन्दा ठूलो नीति भनेको राजनीति हो जुन देशमा राजनीतिले सही मार्ग तय गर्दैन त्यो देशमा विचलनका सवै श्रृङ्खलाहरु देखिन्छन् जुन नेपालमा भै रहेको छ भनेर वहाँले सवै विसङ्गतीको दोष ठूला दलका नेतृत्वलाई दिनुभयो । अनि भन्नुभयो, लगभग दुई तिहाईको सरकार छ काम त हुनु पर्ने हो हैन र रु भनेर प्रश्न पनि गर्नुभयो । मैले भने, 'कमरेड विकास निर्माणका कामहरु नभएका हैनन् तर सही तौरतरिकाले भएका छैनन्' भनें । पहाडका टाकुरा देखि तराईका खेतको बीचमा भ्यू टावर बनाएर सरकारले विश्व कीर्तिमान बनाइसक्यो । प्रतिनिधिसभामा रहेका पहिलो र दोस्रो ठूलो दलको गठवन्धन नै अप्राकृतिक छ । यो सरकारको जन्म नै यी दुवै दलका ठूला नेता कार्वाहीमा परिने डरले बनेको कार्यगत एकताका कारण भएको हो भन्नेहरुको बलियो उपस्थिति रहेको छ ।

त्यसैगरी यो वर्ष सहकारी ठगी गर्नेलाई कार्वाहीको शिलशिलाले प्रमूखता पायो । स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई नेपालको सवैभन्दा ठूलो सहकारी ठगको रुपमा चित्रण गरेर सवै सहकारी ठगहरुलाई ओझेलमा पारेको अवस्था छ । सहकारी ठग पत्ता लगाउने हो भने एमालेका नेताहरुको वर्चश्व रहेको छ भन्ने पनि सुनिन्छ । सायद त्यसैलाई ओझेलमा पार्न नेता रविलाई जेल दौडाहामा पुर्याएको पनि हुन सक्छ भन्ने पनि छन् । त्यसैगरी करिव ४ महिना काम गर्ने समय बाँकी रहँदै बिजुली हाकीम कुलमान घिसिङलाई पनि सरुवा गरेर हितेन्द्र शाक्यलाई नियुक्ती गराए । जनताको व्यापक आक्रोश रह्यो उनलाई निकालेर । १८ घण्टाको लोडसेडीङबाट घिसिङले राहत दिलाएका थिए सर्वसाधारणलाई । जापानमा त कुलमान घिसिङ मार्ग भनेर एउटा बाटोको नाम नै राखिएको छ रे पनि भन्ने सुनिन्छ । कुलमानले धेरै रकम कुम्ल्याए प्राधिकरणबाट भन्नेहरु पनि छन् त्यसकोलागि कार्वाही गर्ने निकायहरु पनि छन् । यदि त्यस्तो भएको भए त कार्वाही गरि हाल्थ्यो नि भन्ने लाग्छ ।

न्यायालयमा थोरै न्यायाधिशहरुको सहसका कारण उसको शाखको वत्ती धिपिधिपि भएको छ भनिन्छ । यसको उदाहरण हालैको एउटा प्रसंगलाई जोड्न सकिन्छ । राप्रपा नेता रविन्द्र मिश्रलाई राजनीतिमा फरक दृष्टिकोण राखेकै कारण लगेर प्रहरीले थुन्यो । प्रहरी अनुसन्धानका नाममा म्याद थपको निवेदन दिँदै गयो जिल्ला अदालत निरिह भएर ५० दिनसम्म म्याद थप्दै गयो । केही नलागेपछि मिश्रकी श्रीमतीले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्बोच्च अदालतले २४ घण्टामा मिश्रलाई सशरीर उपस्थित गराउनु भनेर आदेश कारण न्यायालयबाट उनि रिहा हुन सके । यस्तो आदेश यो ३० वर्षमा कमै मात्र भएको छ । यस्ता निर्भिक न्यायाधीश पनि न्यायालयमा अस्तित्वको लडाई लडिरहेका छन् । लोकतन्त्रमा संविधानको परिधि भित्र रहेर आफ्ना भनाई लेख्न, वोल्न र सभा सम्मेलन गर्न नपाइने भाष्य बनाईएको छ । 

शान्तिपूर्वक सभा सम्मेलन गर्दा राज्य निरंकुश भएर व्यवहार गर्दछ । जनतालाई १८ वर्ष पुरानो अस्रुग्याँस हान्छ, गोलि ठोक्छ जनता मार्छ । बाटामा हिँडिरहेका मानिसहरुलाई समेत गोलि हान्न बाँकी राख्दैन । तैपनि उ धोविको लुगामा हाल्ने रंगको भाँडोमा पसेर निस्केको स्याल जस्तो हुइयाँ गर्दैछ प्रतिनिधिसभामा । प्रधानमन्त्रीका अगाडि सवै जनता समान हुन् तर व्यवस्थामा फरक धारराख्नेहरुलाई भोको सिंहले जसरी झम्टनु भनेर आफ्ना कार्यकर्तालाई उकास्ने पृथ्वीका एकमात्र पहिलो प्रधानमन्त्रीमा नाम लेखाउन सक्ने हैसियत बनाएका छन् । निहत्था जनतालाई विभिन्न किसिमका आरोप लगाएर अनाहकमा थुनामा राखिएको छ । संभवत नेपालको इतिहासमा यो सरकार जतिको जनताबाट तिरस्कृत सरकार थिएन भन्ने पनि सुनिन थालेको छ अनामनगरको चिया पसलमा । तैपनि प्रजातान्त्रिक भनेर चिनिएको पार्टी नेपाली काँग्रेस प्रजातन्त्रको घाँटी निमोठिदा सम्म पनि आफ्नो पार्टीको गृहमन्त्रीलाई निरंकुशता भयो यसो नगर भन्न समेत सक्दैन । जवकी गृहमन्त्री आफैं कानूनका विद्यार्थी हुन् । 

हामी दुवै चियाको चुस्कि लाउँदै थियौं त्यतिकैमा मैले मदन कमरेडलाई सोधेँ कमरेड ओलीले आफू पछि शेरबहादुरलाई संझौता बमोजिम प्रधानमन्त्री पद देलान् त रु भनेर मेरो जिज्ञासामा वहाँले मैले बुझेको ओलीले दिने छैनन् । वरु तिमी नै भन त यिनले के गर्छन् रु भन्ने जिज्ञासाजन्य प्रश्नमा मैले भने, कमरेड ओलीले सके बाम गठवन्धनको नाममा कि आफैं या प्रचण्ड त्यो पनि सफल हुन सकेन भने मध्यावधि गराएर देशलाई विवादको झमेलामा लगेर पद छोड्दैनन् । मुद्दा पर्ला पर्यो भने पनि  तात्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गरेपछि २०५२ साल भदौ १२ गते अदालतले गरेको फैसलामा जति विवाद भयो त्यो भन्दा बढी विवादित हुने छ । किन भने त्यतिखेर पार्टीका सिफारिसमा भएका न्यायमुर्तिहरुको उपस्थिति पातलो थियो तर अहिले त वेन्च नै फलानो दलको भनेर चिनिन्छ भन्ने सुनिन्छ अनामनगरको चिया पसलहरुमा ।

२०६३ पछि गिरीजा बाबुलाई कहिले राष्ट्रपतिको कहिले छोरी सुजातालाई प्रधानमन्त्री बनाउने लालसा देखाएर राजासंस्थालाई राजनीतिको मूलधारबाट बाहिर राख्न सफल भए प्रचण्ड । अहिले संझौतामा शेरबहादुरलाई बचनमा आरजुलाई प्रधानमन्त्री बनाउने आश्वासनले देशलाई सवै शक्ति मिल्ने अवस्थाबाट टाढा लैजादैछन् ओली । उता २०६३ पछि सत्ता नछोडेका प्रचण्ड सत्ताबाट वाहिर निस्कनु पर्दा विनापानीको माछा झैं कहिले पूर्व कहिले पश्चिम, कहिले तराई कहिले पहाड दौडाहा गर्दैछन् दुई दर्जन सुरक्षाकर्मी साथमा लिएर । उता राष्ट्रप्रमूखको जिम्मेवारी पाएका नेका नेता रामचन्द्र पौडेलका बारेमा मित्र राजेश मिश्रले फेसवुक स्ट्याटसमा लेख्छन्- 'सात खर्ब तेत्तीस अर्बको बेरुजु देखिएको प्रतिवेदन बुझ्दा राष्ट्रपतिले लाईफ टाईम अचिभमेन्ट अवार्ड लिएको शैलीमा मुस्कान दिएको देखेर हाँस्नु कि रुनुरु केही दिन अघि एउटा मन्त्रीको सपथग्रहण हुँदा प्रधानमन्त्री कुर्सीमा ढसमस्स परेको देखेर पनि अचम्म लागेको थियो ! बिषयको गाम्भीर्य र पदको मर्यादा हराएको नेपाल ।' भनेर देश प्रतिको चिन्ता अमेरिकामा वसेर पनि गरिरहेका छन् ।

त्यस्तै तिनकुने काण्डमा निहत्था जनतालाई आफैं दमन गर्ने अनि फलानोले खड्यन्त्र गरेकोले त्यसलाई कार्वाही गर्न पनि सक्छौं भनेर निर्मल निवास तर्फ हेर्ने १ यसबाट पनि बुझ्न सकिन्छ देश कस्ता कुलङ्गार समूहको हातमा पुगेको छ रु दमन ढाकछोप गर्ने हरेक तिकडम जानेका छन् प्रधानमन्त्रीले । त्यसैगरी निर्लज्ज उत्तर दिँदैछन् प्रहरीका हाकिम १ यिनी पनि तिनकुने काण्डमा भएको ज्यादतीका कारण विदेश यात्रा कठिन छ । त्यति भन्दा मदन कमरेड धेरै चिन्तित हुनु भयो । ओहो, देश त कठिन मोडमा पुगेको बुझेँ । यसरी देशमा कसरी शान्ति र स्थिरता हुन्छ । यो भएन भने देश विघटन तर्फ जान्छ नि सुनिल भनेर सुस्केरा हाल्नु भयो ।

बुझ्यौ सुनिल भनेर मलाई एउटा पुरानो प्रसंग कोट्याउनु भयो । २०५० जेठ ३ गते मेरो गाडी त्रिशुलीको जोगिमारा खण्डमा झर्यो त्यसको एक वर्ष पछि अर्थात् २०५१ जेठ ३ गते चितवनका एमाले नेता जागृत प्रसाद भेट्वालले मेरो गाडी दुर्घटना भएको र गराइएको ठाउँमा तीनजना पण्डित राखेर वर्ष दिनको काम परम्परा अनुसार गर्दै थिए । चितवनतिरबाट काम सकेर दुई पत्रकार मोटरसाइकल चढेर काठमाण्डौ फर्कदै थिए । जव मेरो तिथिमा भेटवाल कर्ता भएर श्राद्ध गर्दै थिए त्यो दृश्य खिच्न पत्रकार राजेश घिमिरे र फोटो पत्रकार चन्द्रशेखर कार्की उत्सुक भए र तस्विर कैद गरेर काठमाडौं आए । काठमाडौं आएर कान्तिपुरमा तस्विर सहित लेख लेखेपछि एमालेका ठेट्नाहरु पार्टीको माइलेज बढाउन खुव गाली गरे । यस्ता काममा नेपालका कम्युनिष्ट त्यसमाथि एमालेहरु निकै माहिर हुन्छन् । किनभने मेरो हत्या भनेर जनताको मायाँ पाए तर आफ्नो पार्टीको नेतृत्वमा सरकार र राष्ट्रप्रमूख हुँदा समेत आयोग गठन गरेर दोषि को हो भनेर आजसम्म भन्न सकेनन् । त्यो किनभने मलाई मारेको हो भनेर जनताको दिमाग अझै भुट्नै छन् नि त । यस्तो देख्दा मन दुख्छ नि सुनिल! 

मदनले एउटा जिज्ञासा राख्नु भयो, मेरी श्रीमती विद्याले एमालेमा राजनीति सुरु गरिन्, सक्छिन त ? मैले सहजै उत्तर दिएँ वहाँ जस्तो व्यक्तित्व भएको व्यक्तिले किन नसक्नु नि । खुराफाती भनेर चिनिने ईश्वर, योगेश लगायतकाहरु विभिन्न काण्डमा जनताले औंलो ठड्याइसके । माकुने प्रचण्डको रखैल भैसके । अव एमाले जोगाउने वहाँ नै हो । साथमा अष्ट कमरेड,  बिष्णु पौडेल लगायतका नेता हुनुहुन्छ । नयाँ आउने नेताहरुमा इलामबाट निर्वाचित सुहाङ नेवाङले पनि राम्रै गर्लान् भन्ने लाग्यो, उनले तिनकुने काण्डमा दिएको अभिव्यक्ति हेर्दा । मलाई याद छ माओवादीहरु भर्खरै जंगलबाट आउँदा नेपाली सेनालाई जसरी हुन्छ कमजोर बनाउनेमा थिए विदेशी डिजाइनमा । त्यतिखेर विद्या कमरेड रक्षा मन्त्री हुनु हुन्थ्यो । वहाँको निडर नेतृत्वले नेपाली सेनालाई कतैबाट माओवादीबाट हुने हस्तक्षेपलाई पुरै निस्तेज पार्ने काम भयो भन्ने सुनिएको थियो । त्यसैले पनि वहाँमा राष्ट्रवादी छवि रहेको वुझ्न सकिन्छ भनेपछि मदन कमरेडको अनुहार अलि उज्यालो भयो । सायद श्रीमतीको प्रशंसा सुनेर होला ।

यतिकैमा मदन कमरेड हातको घडी हेर्दै 'आजलाई जाउँ पनि फेरी कुनै दिन है' भनि विदा माग्नु भयो । मैले हस् भनेँ ।

वाहिर जोमसोम एयरपोर्टमा जहाज ल्याण्ड गरेको आवाजले मेरो निन्द्रा खुल्यो । म झल्याँस्स व्युझिएँ । ओड्नेले जिउ छोडेछ । जोमसोमको चिसोले मेरा गोडा खुम्चिएका रहेछन् । सपनामा मदन कमरेडलाई किन देखेँ भनेर मोवाइलमा मिति हेरेको त जेठको ३ गते पो रहेछ ।

भावपूर्ण श्रध्दाञ्जलि कमरेड !
 

प्रतिक्रिया