बद्रीनाथ मन्दिरमा किन बजाइँदैन शंख,  यस्तो छ रहस्य

परम्परागत तरिकाले मन्त्र जप गर्दै भक्तजनहरूले मन्दिरमा दर्शन गर्न बद्रीनाथ मन्दिरका ढोकाहरू खोलिएका छन्। विश्व प्रसिद्ध भगवान विष्णुको यो पवित्र धाम कैयौं रहस्यहरूले भरिएको छ।

भनिन्छ, यो ठाउँ कुनै समय भगवान शिवको घर थियो। यस्तै एउटा रहस्य शंखको बारेमा छ। शंख भगवान विष्णुको मनपर्ने सामग्रीहरु मध्ये एक हो, तर के तपाईंलाई थाहा छ बद्रीनाथ धाममा शंख बजाइँदैन।

यहाँ पूजा गर्दा शंख बजाइँदैन। कतिपयले यसको पछाडिको रहस्यको बारेमा कुरा गर्छन् भने कतिपयले यसको पछाडि वैज्ञानिक कारण दिन्छन्। यसबारेमा विस्तृत जानकारी यस प्रकार छ ।

किन बजाईंदैन शंख

बद्रीनाथ धामलाई भगवान नारायणको तपस्यास्थल मानिन्छ। यो भारत उत्तराखण्डका चार धाम मध्ये एक हो। यो मन्दिरले आफैंमा अनौठो रहस्य बोकेको छ। एउटा रोचक कुरा के छ भने यहाँ पूजा गर्दा शंख फुक्न निषेध गरिएको छ।

त्यो पनि जब शंख भगवान विष्णुको मनपर्ने चीजहरू मध्ये एक हो। यसका बाबजुद पनि भगवान विष्णुको बद्रीनाथ धाममा शंख बजाएर पूजा गरिँदैन। के छ  त यसको वैज्ञानिक र पौराणिक मान्यताहरु ।

पौराणिक कारण

बद्रीनाथ धाम वरपरको क्षेत्र अलकनन्दा नदीको किनारमा अवस्थित छ र यसलाई भगवान नारायणको तपस्यास्थल मानिन्छ। एक विश्वास अनुसार, एक पटक भगवान विष्णुले यहाँ तपस्या गरेको थियो, शंख बजाउँदा देवताहरूको ध्यानमा बाधा पुग्न सक्छ, त्यसैले यो ठाउँलाई मौन क्षेत्र मानिन्थ्यो र यहाँ शंख बजाउन निषेध गरिएको थियो।
 
अर्को किंवदन्ती अनुसार, बद्रीनाथ धाम नजिकै सर्पहरू बस्ने विश्वास गरिन्छ। शंखको आवाज सर्पका लागि पीडादायी मानिन्छ।

भनिन्छ, शंख फुक्दा सर्पहरू रिसाउन सक्छन्, जसले गर्दा प्राकृतिक प्रकोप वा क्षेत्रमा अवरोधहरू निम्त्याउन सक्छन्। यस कारणले गर्दा, यहाँ शंख फुक्न निषेध गरिएको छ।

वैज्ञानिक तर्क

बद्रीनाथमा शंख नबजाउनुको पछाडि वैज्ञानिक कारण पनि छ। जाडो मौसममा यहाँ हिउँ पर्छ। यस्तो अवस्थामा शंख फुकियो भने त्यसको आवाज पहाडहरूमा ठोकिन्छ। यसले तरंग सिर्जना गर्दछ। यो तरंग बरफमा दरारहरू निम्त्याउन सक्छ। यसले हिम आँधीको जोखिम बढ्छ।

धार्मिक सम्बद्धता

यसको कथा धर्मशास्त्रहरूमा पाइन्छ। एक पटक देबी लक्ष्मी बद्रीनाथको तुलसी भवनमा ध्यान गरिरहेकी थिईन्।  त्यही समयमा भगवान विष्णुले शंखचूर्ण नामक राक्षसको वध गरे। हिन्दू धर्ममा विजय हुँदा शंख बजाइन्छ, तर विष्णु लक्ष्मीको ध्यानमा बाधा पुर्‍याउन चाहँदैन थिए, त्यसैले उनले शंख बजाएनन्।

पौराणिक कथा अनुसार, ऋषि अगस्त्य केदारनाथमा राक्षसहरूको वध गरिरहेका थिए। त्यसपछि दुई राक्षस, अतापी र वातापी, त्यहाँबाट भागे। अतापीले आफ्नो ज्यान बचाउन मन्दाकिनी नदीको सहयोग लिए।

आफूलाई बचाउन, वातापीले शंखको सहारा लिए र त्यसभित्र लुके। त्यस समयमा कसैले शंख बजायो भने राक्षस बाहिर निस्केर भाग्ने विश्वास गरिन्छ। यही कारणले गर्दा बद्रीनाथमा शंख बजाइँदैन। (विभिन्न स्रोतहरुबाट)

प्रतिक्रिया