पसलेको हत्या आरोपमा एक जना पक्राउ

कैलाली । कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक–३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन् । 

    कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका–सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय पदम आचार्यको शाहीले रड प्रहार गरी हत्या गरेको आरोप छ । मोहन्याल गाउँपालिका–४ स्थित महरा निर्माण सेवाको टिप्परमा सहजकर्ताको काम गर्दै आएका शाहीले मृतक आचार्यको पसलमा खाना खाने गरेका थिए । तिहारका बेला उनी उक्त निर्माण सेवाको रेखदेखमा खटिएका थिए । आइतवार राति शाही र आचार्यबीच पसलमा झगडा भएको प्रहरीले जनाएको छ । आचार्यको घटनास्थलमै मृत्यु भएको थियो । 

    घट्नापछि फरार भएका शाहीलाई बाँके प्रहरीको सहयोगमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो ।
 

प्रतिक्रिया