चार हजारले घट्यो सुन

काठमाडौँ। आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ।

शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ। शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भैरहेको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया