मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ। प्रत्येक वर्ष बैशाख २ गते मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ।
यो जात्रामा थिमी बासीले प्रत्येक घर ,टोल, प्रत्येक चोक, चौबाटो, घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्दछन्। तस्बिर: बिजेन अमात्य (नेपाल न्यूज बैंक)
प्रतिक्रिया