तोलामै १ हजारले बढ्यो सुन

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ।

मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ। हिजो १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १८ हजार ४५० रुपैयाँमा पुगेको छ। 

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँ कायम भएको महासंले जनाएको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया