सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य ५०० रुपैयाँले तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो। तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम रहको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

बुधबार छापावाल सुन एक लाख १३ हजार २ सय रुपैयाँमा र तेजावी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया