राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ 'ज' जारी गर्न लागेको हो।

बोलकबोलका मध्यमबाट निर्धारण गरिने उक्त ऋणपत्रको व्याजदर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ।

अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ। साथै, ऋणपत्र धितो राखी व्यक्तिले कर्जासमेत लिन सक्ने जनाइएको छ। 

घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमाभित्र रहेर पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने ऋणपत्रको बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा कुनै एक बोलवालाको बोलकबोलमा खरिद गर्न पाइने छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन्।   (नेपाल न्यूज बैंक)

प्रतिक्रिया