तरकारी बजारमा घट्यो गोलभेंडाको मूल्य

काठमाडौं। नेपाली तरकारी तथा फलफूल बजारमा गोलभेंडाको मूल्य घटेको छ। 

आज बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको सूचीअनुसार प्रति केजी २० रुपैंयाँले गोलभेंडाको मूल्य घटेको हो। 

 

Tomato (2)तीन दिन अघि १३० रूपैयाँ मूल्य रहेको नेपाली गोलभेंडाको हिजो १२० रूपैयाँमा कारोबार भएको थियो।

सार्वजनिक सूचीअनुसार नेपाली गोलभेंडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेंडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यसैगरि घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ। 

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भान्टा डल्लो ७०, भान्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तीतो करेला ७०, ब्रोकाउली १४०, कागती १३०, भिन्डी ५५, निउरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ।

 

Tomato (1)

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किबी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम कारोबार भइरहेको समितिले जनाएको छ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० रुपैयाँ मा कारोबार भइरहेको छ। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया