घट्यो सुनको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आज ८ सयले घटेर १ लाख १० हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम छ। हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम थियो।

आज चाँदीको मूल्य समेत घटेको छ। महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ। हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँ कायम थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया