नयाँ राष्ट्रपतिका पुराना तस्विर

नयाँ राष्ट्रपतिका पुराना तस्विर

सेरेमोनियल राष्ट्रपतिलाई राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुरा गर्न प्रयोग गर्दै जाँदा संविधानले कल्पना गरेभन्दा शक्तिशाली देखिन थालेपछि नेताहरु राष्ट्रपति हुन लोभिन थाल्नु स्वभाविकै हो। 

प्रधानमन्त्रीकालागी १७  पटक भिडेका रामचन्द्र राष्ट्रपतिमा चाहिँ पहिलो भिडन्तमा नै सफल हुन सके । उनले राजनीतिमा गरेको त्याग, मेहनत र तुलनात्मक रुपमा अरु भन्दा केहि इमान्दार भएकाले पनि देशको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् भन्दा फरक पर्दैन र राष्ट्रपति हुनकालागी उनी योग्य पनि हुन् ।

संविधानले राष्ट्रपतिलाई खासै अधिकार नदिएपनि दलहरुलाई गलत बाटोमा जानबाट रोक्न भने पक्कै पनि सक्नेछन। दलालहरुको प्रभावमा राजनीति र सरकार परेको, बेथिति बढेको, सिस्टमले काम नगरेको, भ्रष्टाचा बढेको, महंगीले थिलथिलो बनाएको जस्ता  यावत कुराहरुको पक्कै पनि राम्रै जानकारी छ नयाँ राष्ट्रपतिलाई। 

संविधानले खासै अधिकार नदिएको तेस्रो राष्ट्रपतिबाट अहिले नै धेरै आशा त नगरौं तर गलत कार्य गर्ने दल र राजनीतिक दलालहरुलाई रोक्न सकुन, केहि पुराना तस्विरहरु सहित अहिलेलाई यहि नै शुभकामना। 

 

प्रतिक्रिया