कुनै नामले सुन्ने बित्तिकै आकर्षण गरिहाल्छ, यस्तै नाम हो जिरी ।

जिरीको नाम सुन्ने बित्तिकै त्यसको आकर्षणले तानि हाल्छ र जाउँ जाउँ पनि लागिहाल्छ ।

यो भिडियो हेरेपछि त झन् तपाईँलाई सबै कामधाम छोडेर तुरुन्तै कुदिहालौं जस्तो लाग्ने नै छ । नेपालको सुन्दरतम दृश्यहरुको सांग्राीला नै हो जिरी ।

यहाँको सुन्दरताको बयान लेखेर ब्यक्त गर्न त परको कुरा फोटो र भिडियोको माध्यमले गर्न पनि मुस्किल पर्छ । एकपटक तपाईँ आफैँ पुगेर आफ्नै आँखाले हेर्नु भएन भने पछुताउनु पर्ने हुन्छ । त्यसैले एकपटक जिरी पुग्नुस नेपालको स्वीट्जरल्याण्डलाई आफ्नो मनभित्र सँगालेर आउनुस ।

काठमाण्डौंबाट १८८ किमीको यात्रा पुरै पीच । बाटोमा रमाइलो गर्दै जानुस ५ घण्टामा त खेली खेली पुगिहाल्नुहुन्छ ।

 

प्रतिक्रिया