लामाबगर नाका खोल्न राष्ट्रपतिको सुझाव


दोलखा: राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो लामाबगर नाका खोल्न पहल गर्नुपर्ने बताउनुभएको छ । 

टुकी संघको ४५ औँ वार्षिक दिवसको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चीनसँगको परम्परागत व्यापारिक मार्गको रुपमा रहेको लामाबगर नाका खोल्न सकेमा दोलखाको मात्रै नभई मुलुककै आर्थिक विकासमा थप टेपा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चीनसँग दोलखाको परम्परादेखि नै व्यापारिक सम्बन्ध रहेकोले दोलखाको विकासमा लामाबगर नाकाको विशेष महत्व हुने उहाँको धारणा थियो ।

 स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न भएको दोलखामा तामाकोशी तेस्रो जलविद्युत आयोजना पनि चाँडै सुरु गर्न जरुरी भएको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रपति भण्डारीले भगवान शिव र पार्वतीको वासस्थान रहेको दोलखा जिल्ला इतिहासको आदिकालदेखि नै आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक दृष्टिबाट महत्वपूर्ण रहँदै आएको बताउनुभयो । 

ग्रामीण विकासको टुकी अवधारणा अनुसार ४५ वर्षअघि स्थापना भएको टुकी संघले समाज विकासको अभ्यासको क्रममा प्राप्त अनुभव र सिकाइ देशका अन्य क्षेत्रमा पनि उपलव्धीमूलक हुने विचार व्यक्त गर्नुभयो । 

IMG_6688

सो अवसरमा उहाँले दोलखाको डाङडुङे डाँडामा अन्तराषि्ट्रय स्तरको फिल्म सिटी निर्माणको योजनालाई सफल बनाउन सम्बनि्धत पक्षले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा टुकीका अभियन्ता डा. कृष्णकुमार पाँडेले माटोलाई साथ दियौ भने माटोले पनि साथ दिन्छ भन्ने टुकी सदस्यहरुको अवधारण ४५ बर्षको अवधिमा पूर्ण रुपमा पुषि्ट भएको उल्लेख गर्नुभयो । टुकी संघ कुनै गैरसरकारी संस्था नभएकोले विकासको लागि टुकी अवधारणालाई नीतिगत रुपमा सम्बोधन हुनुपर्ने उहाँको धारणा थियो ।  

मेलुङ गाँउपालिका वडा नम्बर– १ पवटीका टुकी रघुनाथ उप्रेतीले १४ बर्षको उमेरमा टुकी अभियानमा लागेर रोजगारमूलक तालिममा सहभागी आफ्ना बाबुले सुरु गरेको फलफुल खेतीलाई निरन्तरता दिएको बताउनभयो । उहाँले अहिले सोही व्यवसायबाट बार्षिक दुई लाख भन्दा बढी आम्दानी गर्दै आएको पनि बताउनुभयो । 

सिन्धुपाल्चोकका टुकी सविना लामाले ग्रामीण क्षेत्रमा सामुहिक कृषि व्यवसाय मार्फत जीवनस्तर सुधार कार्यमा टुकी संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष मकरध्वज पाखि्रन र टुकी संघ सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले टुकीबाट आर्जन गरेका अनुभव सुनाएका थिए । 

यसअघि राष्टपति विद्यादेवी भण्डारीले दोलखा भीमेश्वर मनि्दरमा रुद्रीपूजा गर्नुभएको थियो । राष्टपति भण्डारीले आफ्नो दोस्रो कार्यकालको अन्ततिर भीमेश्वरमा रुद्री पूजा गर्नुभएको हो ।

मुलुकमा कुनै ठुलो परिर्वतन हुनुअघि सङ्केत स्वरुप भीमेश्वरको शिलामा पसिना आउने गरेको जनविश्वास छ । यसअघि भएका ठुला परिवर्तनपूर्व शिलामा पसिना आएका थुप्रै उदाहरणहरु पनि छन् । यसरी शिलामा पसिना आएपछि राष्ट्रप्रमुखबाट क्षमापूजा पठाउने प्रचलन रहेको छ ।

उहाँलाई भीमेश्वर मनि्दर परिसरमा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद भरतबहादुर केसी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, भीमेश्वर पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायतले स्वागत गर्नुभएको थियो ।
 

प्रतिक्रिया