सिंगापुरले खारेज गर्यो समलिङ्गी विवाह विरोधी कानून, अमेरिकी राष्ट्रपति प्रशन्न

काठमाडौं। सिंगापुर र अमेरिकामा समलिङ्गी जोडीसँग विवाह गर्न वा सम्बन्ध राख्नुलाई अपराध मानिदैन। दुवै देशका संसदले आआफ्नो देशमा यसलाई अपराध मान्ने कानूनको अन्त्य गर्ने पक्षमा मतदान गरेका छन्। 

समलिङ्गि जोडीलाई विवाहको अधिकार दिने नेदरल्याण्ड संसारकै पहिलो देश हो। अब यसलाई अधिकारका रुपमा मान्यता दिने देशको संख्या ३२ पुगेको छ।    

सिंगापुरले पूरा गर्यो वाचा

यही वर्षको अगस्टमा सिंगापुरका प्रधानमन्त्री लि सिएन लुङ्गले राष्ट्रिय दिवसको एक समारोहमा ‘यौन स्वतन्त्रतालाई दण्डनिय मान्ने कानूनको खारेजीले धेरै नागरिकलाई खुशी तुल्याउने छ भने यसलाई सच्याउनै पर्छ’ भनेका थिए।

Marrigeसिंगापुरको संसदमा त्यस कानून खारेजीकाबारेमा छलफलपछि भएको मतदानमा ९३ जना सांसदले खारेजीको पक्षमा मत दिएका थिए भने विपक्षमा केवल तीन जना उभिए। यसरी सिंगापुरले पनि यौनलाई दण्डनिय मान्दै आएको कानून संसदीय प्रक्रियाबाटै खारेज गरेको छ। 

प्रधानमन्त्री लिको भनाई अनुरुप नै संसदले अस्ति मंगलबार नोभेम्बर २९मा पुरुष पुरुषवीचको यौन सम्बन्धलाई अपराध मान्ने कानूनलाई निरस्त गरेको छ।

औपनिवेशिक समयको यो कानून खारेज गर्न लामो समयदेखि एलजीबीटीक्यू समुदायले माग गर्दै आएको थियो। यो समूहले यसलाई भेदभावपूर्ण र कलंकित कानून भन्दै आएको थियो।

यता सिंगापुरका प्रधानमन्त्री लि र उनका उत्तराधिकारीले एक पुरुष र एक महिलावीच विवाहको वर्तमान कानूनी परिभाषामा कुनै फेरबदल गर्ने कुराप्रति भने असहमति जनाएका छन्।

यसविपरित सिंगापुरमा पुरुष र महिलावीच विवाह सम्बन्धी कानूनमा पनि संशोधन गरिएको छ। सिंगापुर अब एलजीबीटीक्यू समूदायसँग भेदभाव नगर्ने नवीनतम देश बन्न पुगेको छ। 

यस्तो थियो कानून

सिंगापुरको कानूनको ‘धारा ३७७ ए’ मा पुरुष यौन सम्बन्धको दोषी भए दुइ वर्षको जेल सजायको प्रावधान थियो ।  अब यो धारा समाप्त हो भएको छ।  

अमेरिकामा पनि नयाँ कानून  

LLLअमेरिका पनि अब समलैंगिक विवाहलाई कानूनी मान्यता मिलेको छ। अमेरिकी संसदले समलैङ्गिक विवाहको मान्यतालाई स्वीकृति दिने कानून पास गरेको छ। एलजीबीटीक्यू समाजका लागि यो धेरै खुशीको क्षण भनेर चर्चा गरिएको छ। अमेरिकी संसद सिनेटले यो ऐन पास गरेपछि राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरेका छन्।  यो ऐनका पक्षमा ६१ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको थियो। अब राष्ट्रपतिले हस्ताक्षर गरेपति यो कानूनले पूर्णता पाउने छ।  

राष्ट्रपति बाइडेनले अमेरिकी सिनेटले आज समलैंगिक विवाहको सम्मान दिएर यो कुरा सावित गरिदिएको छ कि अमेरिका एक मौलिक सत्यको पुष्टि गर्न सफल भएको छ भने। यतिमात्र होइन राष्ट्रपति वाईडेनले विधेयक पास भएको खुशीमा ‘प्रेम त प्रेम नै हो’ भन्दै जसले आपसमा प्रेम गर्छन् उनीहरुलाई विवाह गर्न कुनै छेकवार हुनुहुँदैन।  

भारतले पनि दियो स्वीकृति

सन् २०१८ मा भारतीय सर्वोच्च अदालतले समलैंगिक विवाहमाथिको प्रतिवन्धलाई समाप्त गरिदिएको थियो।

प्रतिक्रिया