पानोरमा

जापानका ३८ वर्षीय युवा काम नगरि घण्टाको ९ हजार कमाउँछन्

काठमाडौं। जापानका सोजी मोरीमोतोसँग यस्तो जागिर छ, जुन जागिरको सपना प्राय: सबैले देखेका हुन्छन्। तर कमै मात्र मान्छेको भाग्यमा हुन्छ। उनले राम्रो पैसा कमाइरहेका छन्। काम पनि केहि गर्नुपर्दैन। ३८ वर्षका यी युवा घण्टाको करिब ९ हजार रुपैयाँ कमाउने गर्छन्। 
मानिसहरू पैसा दिएर मोरीमोतोसँग समय खरिद गर्छन्। उनको काम भनेको पैसा तिरेको व्यक्तिसँग बस्नुपर्ने मात्र हुन्छ। उनले अरु केही काम गर्नुपर्दैन। मोरीमोतो भन्छन्, ‘वास्तवमा म आफूलाई भाडामा दिने गर्छु। मेरो काम भनेको जहाँ मेरो ग्राहक जान्छन्, उनीहरूसँगै जानु हो। यस बाहेक कुनै काम हुँदैन। ४ वर्षमा मैले ४ हजार सेसन लिइसकेको छु।’

सोसल मिडियाबाट प्राप्त हुन्छ ग्राहक

लिखुरे ज्यान भएका र औसत अनुहारका मोरीमोताको अहिले ट्वीटर अकाउन्टमा अढाई लाखभन्दा बढी फलोअर छन्। उनका ग्राहक यहीबाट उनलाई पछ्याउने गर्छन। अहिले पनि एक चौथाई क्लाइन्ट यस्ता छन्, जो उनलाई बारम्बार आफूसँग लैजान चाहन्छन्। यी मध्ये एक जना ग्राहकले उनलाई २ सय ७० पल्ट आफूसँग लगिसकेका छन्। 

सोजी मोरीमोतोका ग्राहक कहिले उनलाई कफी पिउँदा सँगै बस्न र कहिले स्टेशनमा विदाई गर्नका लागि पैसा दिन्छन्। एक पल्ट एउटा व्यक्तिले उनलाई पार्कमा पिङ हल्लाउन लगेका थिए। यस्तै, एक पल्ट त उनी अपरिचित व्यक्तिलाई ट्रेनको झ्यालबाट हाथ हल्लाएर विदा गर्न गएका थिए। 
यसको अर्थ यो पनि होइन कि, उनी जे गर्न पनि तयार हुन्छन्। उनले एक पल्ट फ्रिज उठाउने र कम्बोडिया जाने प्रस्ताव अस्विकार गरेका थिए। यस बाहेक उनी यौन अनुरोधलाई अस्विकार गर्छन। 

japan1

गत साता मोरीमोतो २७ वर्षीय युवती अरुणा चिडा नजिकै बसेका थिए। चिडा डेटा एनालिस्ट हुन्। उनी साडी लगाएर मारीमोतासँग चिया पिउँदै कुरा गर्न चाहन्थिन्। चिडाले सुरुमा साथीहरूसँग साडी लगाएर चिया पिउने योजना बनाएकी थिइन। तर, उनलाई साथीहरूको अगाडि साडी लगाएर बस्न लाज  लाग्यो। त्यसैले उनले मारीमोतोसँग प्रस्ताव गरिन्। 

चिडाले भनिन्, ‘साथीहरूसँग बस्दा उनीहरूको ध्यान राख्नुपर्ने हुन्छ। तर, भाडामा लिएका यी केटासँग जतिबेला पनि कुरा गरिरहनुपर्ने झन्झट भएन।’ 

मोरीमोतो यस्तो काम गर्नुअघि एउटा प्रकासन गृहमा जागिर खान्थे। तर, त्यहाँ उनलाई ‘केही नगरेको भन्दै’ गाली गरिन्थ्यो। मोरीमोतोले भने, ‘यसपछि मलाई लाग्यो–केही नगरेर बस्ने मेरो योग्यतालाई किन मैले सेवाको रूपमा ग्राहकसमक्ष नपुर्याउँ?’ 

अरुलाई समय दिने व्यापार अहिले मोरीमोतोको कमाईंको ठूलो माध्यम बनेको छ। यसबाटै उनी आफ्नो श्रीमती, बालबच्चा पाल्ने गर्छन। तर, उनी आफ्नो कमाईंको बारेमा स्पष्ट बताउन चाहँदैनन्। उनी हरेक दिन दुई जना ग्राहकलाई भेटेकै हुन्छन्। कोरोना महामारीको बेला उनी ३ देखि ४ जनासम्म भेट्थे। 

मोरीमोतोको काम अहिले समाजको अगाडि एउटा प्रश्न हो– जो उपयोगिता र उत्पादकतालाई लिएर मान्छेको महत्व तय गर्छन्। मोरीमोता भन्छन्, ‘मानिस सोच्ने गर्छन, मैले केही नगर्नु पनि महत्वपूर्ण छ। साच्चे भन्ने हो भने, केही नगर्नु पनि ठिकै काम हो। आवश्यक छैन, कुनै विशेष कामबाटै उपयोगी हुनु जरुरी हुन्छ।’

–रोयटर्स

 

प्रतिक्रिया