ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी महिलाको कहानी

लाहोरबाट ग्रामीसम्मको यात्रा

अरुज आफताबको हालसम्म तीन वटा एकल एल्बम सार्वजनिक भइसकेको छ। उनले जर्मनीको वेभसाइट ‘डीबल्यु’ सँग हालै विशेष कुराकानी गरेकी छिन्। उनले अन्तर्वार्ताका क्रममा आफूले संगीतसँग जोडिएको सपना पुरा गर्न कति संघर्ष गर्नुपर्यो?, त्यो बताउँदै भनेकी छिन्, ‘म यस्तो संगीत निर्माण गर्न चाहन्थे, जुन मलाई मन परोस्। जसलाई मैले अहिलेसम्म नसुनेको होस्। जुन वास्तवमा मैले सुन्न चाहेको थिए।’

उनी जस्तो संगीत सुन्न चाहन्थिन्, त्यसको निर्माणका लागि उत्कृष्ट बाद्यवाधन र शब्दावलीको अभाव थियो। त्यो उ बेलाको समय थियो, जतिबेला उनी लाहोरमा बसोबास गर्थिन्। किशोरीबाट युवती बन्ने चरणमा पुगिसकेकी थिइन र सपनामा उड्न चाहन्थिन्। तर, लाहोरमा बसोबास गर्ने अधिकांश युवायुवतीका लागि संगीत करिअरको विकल्प बनिसकेको थिएन। 

भिन्न सोचप्रति मतभेद

गायिका बन्ने अभियानमा उनका लागि सबैभन्दा ठूलो चुनौति भनेकै त्यहाँको वातावरण थियो। आफताब भन्छिन्, ‘उमेर बढ्दै जाँदा मलाई लाग्थ्यो, किन अरुभन्दा भिन्न लुगा नलगाउने? अरु भन्दा भिन्न किन नदेखिने? तर, भिन्न विचार राख्दा ठूलो मतभेद सुरु भयो। यसपछि मलाई लाग्यो– म जे हुँ, त्यो स्वरुपमा मलाई कसैले स्विकार गरिरहेका छैनन्। खुलेर सपना हेर्ने स्वतन्त्रता नहुनु र आफ्नो स्वभाव अनुसार बाच्न नपाउनु पनि एक प्रकारको बिमारी हो, अझ कलाकारको लागि त मृत्युतुल्य हुन्छ।’ 

आफताबले आफ्नो तेस्रो एल्बम ‘भल्चर प्रिन्स’ मा पाकिस्तानका प्रसिद्ध गजल गायक मेहन्दी हसनको गीत ‘मोहब्बत’ लाई आफ्नो आवाजमा ढालेकी छिन्। यो निकै लोकप्रिय छ। गीतमा गजलको सायरीलाई संगीतमा ढाल्ने काम गरिएको छ। यही गीतका लागि आफताबलाई २०२२ को ग्रामी अवार्डबाट सम्मानित गरिएको थियो। उनी ‘वेस्ट ग्लोबल म्युजिक फरफर्मेन्स अवार्ड’ बाट सम्मानित भइन्।  

तर, विश्वमा अहिले थुप्रै परिवर्तन आइसकेको छ। हरेक ठाउँमा इन्टरनेट सुविधा छ। आफताबसँग पनि इन्टरनेटको सुविधा थियो। सन् २००० मा उनी १८ वर्षकी थिइन। उनले जेफ बकलेको ‘हालिलोया’ आफ्नै शैलीमा रेकर्ड गराइन्, जुन इन्टरनेटमा निकै भाइरल भयो। 

उनको गीत नेप्स्टर, माइस्पेस र लाइमवायर जस्ता फाइल शेयर गर्ने साइटबाट थुप्रै शेयर भयो। गीत भाइरल भएपछि आफताबको आत्मविश्वास चुलियो। गीतको सफलतापछि उनी ऋण काढेर अमेरिकाको बर्कले कलेजमा म्युजिक प्रोडक्सन र इन्जिनियरिङको अध्ययनका लागि भर्ना भइन्।  

अमेरिका आगमनसँगै गायिका मात्र होइन, स्टेजमा कसरी प्रस्तुत हुने गुण पनि उनले सिकिन्। म्युजिक कम्पोजरदेखि प्रोड्युसर बनेर आफ्नो छुट्टै व्यक्तित्व निर्माण गर्न सफल भइन्। उनी पुरानो गीतलाई अहिलेको समयअनुसार नयाँ तरिकाले गाउन सक्छिन्। कठिन शब्दलाई आफ्नो हिसाबले परिवर्तन गर्न सक्छिन्। 

पुरानो गीत, नयाँ प्रयोग

उनी भन्छिन्, ‘मेरो संगीत खाली पुरानो नम्बरलाई दोहर्याउनु मात्र होइन। मेरो संगीतलाई जब ‘कभर’ भनिन्छ, रिस पनि उठ्छ। किनभने त्यो ‘कभर’ गीत मात्र होइन। तपाई जब केही परिवर्तन गर्नुहुन्छ, खास गरेर पुरानो गीतसंगीतमा भने तपाईले गीतको मूल कुरा मात्र लिइरहनु भएको हुन्छ। तर, निर्माण गर्नुहुन्छ नयाँ।’

आफताबको संगीतको विशेषता भनेको उनी आफ्नो संगीतमा कुनै ठाउँ अथवा परिवेशसँग जोडिएको भावनालाई सुक्ष्मढंगले ध्यान पुर्यारहेकी हुन्छिन्। यसको कारण हो, आफूबाट निर्माण भएको संगीत विश्वमा लोकप्रिय बनोस्। उनको संगीतमा धेरै पाकिस्तानी अथवा पश्चिमा गन्ध आउँदैन। संगीत सुन्ने श्रोतहरू नयाँ ठाउँको कल्पना गर्न बाध्य हुन्छन्। उनको संगीतमा सबै कुरा समावेश भएको हुन्छ। 

आफताब भन्छिन्,‘अहिलेको पुस्ता वास्तवमै साहसी छ। नयाँ वस्तुको माग गरिरहेका हुन्छन् र समानता चाहन्छन्। एउटै कुरामा खुम्चिएर बस्न चाहदैनन्। बर्षोदेखि एसियाली कलाकारलाई बाइपास गर्ने काम भयो। तर, अहिले संगीतले विश्वलाई नयाँ कुरासँग साक्षात्कार गराइरहेको छ। वास्तवमा यी कुरा पहिले पनि थिए। अहिले आएर विश्वले जान्ने मौका पाएको छ।’

arooj aftab1

सन् १९९७ मा उनको समकक्षी प्रसिद्ध सुफि गायक नुसरत फतेह अली खान दुई वटा ग्रामी अवार्डको मनोनयनमा परे। तर, अन्त्यमा अवार्डको दौडबाट बाहिरिनु पर्यो। त्यसैले आफताब ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी कलाकार बन्न सफल भएकी हुन्। उनी भन्छिन्, ‘मेरो परिवारलाई संगीतप्रति प्रेम थियो। उहाँहरू उदार पनि हुनुहुन्थ्यो। तर, उहाँहरूको दिमागमा म के गर्न चाहिरहेको छु, त्यो घुसिरहेको थिएन। मैले ग्रामी जितेपछि केही मानिसलाई लाग्न थालेको छ, मैले विगतमा गरिरहेको मिहिनेत सहि थियो।’

सुन्दर छ उर्दु

आफताबले आफ्नो तेस्रो एल्बम ‘भल्चर प्रिन्स’ मा पाकिस्तानका प्रसिद्ध गजल गायक मेहन्दी हसनको गीत ‘मोहब्बत’ लाई आफ्नो आवाजमा ढालेकी छिन्। यो निकै लोकप्रिय छ। गीतमा गजलको सायरीलाई संगीतमा ढाल्ने काम गरिएको छ। यही गीतका लागि आफताबलाई २०२२ को ग्रामी अवार्डबाट सम्मानित गरिएको थियो। उनी ‘वेस्ट ग्लोबल म्युजिक फरफर्मेन्स अवार्ड’ बाट सम्मानित भइन्।  

यो गीतको लागि उनी पहिलेदेखि नै चर्चामा थिइन। अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले ‘मोहब्बत’ गीतलाई आफ्नो आधिकारिक समर २०२१ प्लेलिस्टमा समावेश गरिसकेका थिए।  

आफताब उर्दुमा पनि गीत गाउन चाहन्छिन्। उनी उर्दु भाषा निकै सुन्दर भएको बताउँछिन्। भन्छिन्, ‘यो भाषामा मैले सबै थोक पाउने गरेको छु, जुन मेरो आवाजलाई निखार्न सहयोगी सावित भएको छ।’  

म्युजिक कम्पोजर र प्रोड्युसर भएका कारण उनी संगीतसँग जोडिएको कठिनाईसँग पनि साक्षात्कार छिन्। यसैले उनी गीतमा प्रयोग हुने बाद्ययन्त्र र संगीतको तालमेलमा निकै होस् पुर्याउँछिन्। आफ्नो संगीतमा विभिन्न किसिमका बाद्ययन्त्रहरू प्रयोग गरेर उनी ठूलो समूहलाई रिझाउने गर्छिन।

सन् १९९७ मा उनको समकक्षी प्रसिद्ध सुफि गायक नुसरत फतेह अली खान दुई वटा ग्रामी अवार्डको मनोनयनमा परे। तर, अन्त्यमा अवार्डको दौडबाट बाहिरिनु पर्यो। त्यसैले आफताब ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी कलाकार बन्न सफल भएकी हुन्। उनी भन्छिन्, ‘मेरो परिवारलाई संगीतप्रति प्रेम थियो। उहाँहरू उदार पनि हुनुहुन्थ्यो। तर, उहाँहरूको दिमागमा म के गर्न चाहिरहेको छु, त्यो घुसिरहेको थिएन। मैले ग्रामी जितेपछि केही मानिसलाई लाग्न थालेको छ, मैले विगतमा गरिरहेको मिहिनेत सहि थियो।’

ग्रामी जितेपछि आफताब पाकिस्तान पुगेकी थिइन र उनलाई लाग्यो, पाकिस्तानमा धेरै कुरा परिवर्तन भइसकेको छ। लाहोर जस्तो शहरमा अब संगीतकारलाई सम्मान र स्विकृति प्राप्त हुन थालेको छ। 

आफताब हाल युरोप र अमेरिकामा ‘भल्चर प्रिन्स’ एल्बमको गीत प्रदर्शन गरिरहेकी छिन्। उनी ७ वर्षपछि जर्मनी फर्किएकी थिइन। १८ अगस्टमा कोलोन शहरमा संगीत कार्यक्रममा समावेश भइन्। उनको अन्यत्र पनि कार्यक्रम छ। उनी भन्छिन्, ‘जर्मनी दर्शक वास्तवमै संगीतप्रेमी छन्। उनीहरू संगीतकारलाई उच्च सम्मान दिन्छन्। उनीहरू त्यो समाजमा बाँचिरहेका छन्, जहाँ संगीतलाई सुन्न उनीहरूसँग समय, उर्जा र पैसा सबैथोक छ।’
 

प्रतिक्रिया