नेपालमा २ करोडमा किनियो ‘लाल सिंह चड्डा’

काठमाडौं। बलिउड अभिनेता आमिर खानको प्रदर्शन हुन लागेको फिल्म ‘लाल सिंह चड्डा’ को लागि नेपाली वितरकले २ करोड रुपैयाँ खर्चेका छन्। नेपालमा फिल्म २६ साउनदेखि प्रदर्शन हुँदैछ। 
बेङ्कटेश इन्टरटेनमेन्टले यो फिल्मका लागि २ करोड रुपैयाँ खर्र्चेको हो। 

‘हामीले फिल्मका लागि २ करोड खर्चेका छौं,’ बेङ्कटेश इन्टरटेनमेन्टका मनोज राठीले बताए। 

आमिर खानको प्रोडक्सन र भायकम–१८ ले निर्माण गरेको यो फिल्मको वितरक हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्स रहेको छ। फिल्मको निर्देशन अद्वेत चन्दनले गरेका छन्। फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी छ।
 

प्रतिक्रिया