के रानिल राजपक्षें परिवारको गोटी बनेकै हुन्?

कोलम्बो। श्रीलंकाको राजनीतिमा राजपक्षें परिवारको अन्त्य तथा रानिल विक्रमसिंघेको उदय भए पनि हिंसा रोेकिएको छैन। राजपक्षें परिवारको लुटतन्त्रका कारण विगत २ वर्षभित्र नै श्रीलंका कंगाल हुन पुग्यो। ९ मेमा महिन्द्रा राजपक्षेंले प्रधानमन्त्रीबाट राजीनामा गरे। उनको स्थानमा १२ब मेमा रानिललाई प्रधानमन्त्री बनाइयो। 

यसको २ महिनाभित्र १३ जुलाईमा राष्ट्रपति गोटबाया राजपक्षें पनि देश छोडेर भागे। उनको स्थानमा रानिललाई नै कार्यवहाक राष्ट्रपति घोषित गरियो। त्यसको एक साताभित्रै बुधबार भएको राष्ट्रपति पदको निर्वाचनमा रानिल नै विजयी भए। 

विपक्षी पार्टीहरूको जोडतोड प्रयासका बाबजुद संसदमा भएको गोप्य चुनावमा रानिल राष्ट्रपति नियुक्त भएका हुन्। उनले गोटबायाको बाँकी रहेको २ वर्षे कार्यकाल पुरा गर्नेछन्। 

उनलाई विजय गराउन राजपक्षेंको पार्टीले सहयोग गरेको खबर बाहिर नपाउँदै श्रीलंकामा एक पल्ट फेरि राजनीतिक पार्टीहरूविरूद्ध आन्दोलन हुने अवस्था सिर्जना भएको छ। अहिले पनि प्रदर्शनकारी सडकबाट घर फर्किएका छैनन्। विरोध प्रदर्शनलाई जारी राखेका छन्। उनीहरूको आरोप छ कि, राजपक्षें परिवारले आफ्नो मोहराको रूपमा रानिललाई गद्दीको उत्तराधिकारी बनाएका छन्। 

प्रदर्शनकारीहरू रानिलबाट देशको आर्थिक अवस्थामा कुनै किसिमको सुधार नआउने आरोप लगाइरहेका छन्। उनीहरू जनतामाथि ठूलो धोका भएको बताइरहेका छन्। 

रानिलको जितसँगै जिल्ला अदालतले गाले शहरको भण्डारनायके चौकमा विगत ३ महिनादेखि बसिरहेका प्रदर्शनकारीलार्ई हटाउन आदेश दिएको छ। प्रदर्शनकारीलाई भण्डरानायके चौकबाट  ५० मिटर टाढा हट्न आदेश दिइएको छ। तर, बुधबार साँझसम्म प्रदर्शनकारी त्यही बसेका थिए। 

गाले फेस कोलम्बोका प्रोफेसर एमजी थाराका विगत ३ महिनामा सरकारमा समावेश नेताहरूले श्रीलंकाको अवस्था सुधार गर्ने विषयमा ठूलो दावी गरेको तर अवस्थामा कुनै सुधार नदेखिएको बताउँछन्। उनी भन्छन्, ‘जनतामा राजपक्षें परिवारले सत्तामा बसाएको कुनै नेतामा विश्वास छैन।’

प्रदर्शनकारीहरू रानिललाई सत्ताको चाबी सुम्पिएर राजपक्षें परिवार आरोपबाट भाग्न खोजेको बताउँछन्। 

नयाँ राष्ट्रपतिको चुनाव हुँदै गर्दा बुधबार दुई महिनापछि पूर्व प्रधानमन्त्री महिन्द्रा राजपक्षें संसद भवनमा देखा परेका थिए। यति दिनसम्म उनी गोप्य ठाउँमा लुकेर बसेको बताइएको छ। पूर्व राष्ट्रपति गोटबाया भागेर सिङ्गापुर पुगिसकेको अनुमान लगाइएको छ। राजपक्षें परिवारका सदस्य चमल र नमल पनि बुधबारको मतदानमा संसद भवन पुगेका थिए। 

श्रीलंकामा ४४ वर्षपछि राष्ट्रपति पदमा गोप्य मतदान भएको थियो। 
 

प्रतिक्रिया