काठमाडौंको टोखामा कुटपिटबाट एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंको टोखामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको हत्यामा संलग्न रहेको आरोपमा मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई गएराति पक्राउ गरेको हो।     

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया