फर्पिङको जंगलमा दुईजना मृत फेला

काठमाडौँ । काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा–युवती मृत फेला परेका छन् । सोमबार बिहान प्रहरीले फर्पिङको जंगलमा दुईजना मृत भेटेपछि थप अनुसन्धानका लागि टोली खटाएको छ । अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार घटनास्थलमा औषधि राख्न प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यसभित्र के थियो भन्ने बारे केही नखुलेको बताए । उनका अनुसार हालसम्म दुवै मृतकको पहिचान खुलेको छैन ।

प्रतिक्रिया