अर्जुन पराजुली उच्च व्यंगचेत भएका कवि हुन्।

राजनीति र राजनीतिले ओथारो बसेर हुर्काएका विकृतिमाथि अनेक विम्व र प्रतीक गाँसेर कठोर प्रहार गर्छन् उनी आफ्ना कविता मार्फत।

२०६२/०६३ को जनआन्दोलनमा स्वतन्त्रताका पक्षमा कवि अर्जुनका कविताले उर्जा भरेको कसलाई थाहा छैन र !

अहिले स्थानीय निर्वाचन भैरहेको छ, यस अवसरमा कवि अर्जुनका कविताले मतदातालाई सोचबिचार गरेर मात्र मतदान गर्न पक्कै पनि सहयोग गर्छ।

सुनौ कवि अर्जुनका घतलाग्दा व्यंग कविता उनकै स्वरमा-

प्रतिक्रिया