पैसालाई एउटा नम्बर मात्र ठान्छन् नेपाली खर्बपति बिनोद चौधरी।

उद्योगपति बिनोद चौधरी खर्बपतिको लहरमा थप सबल हुँदै गएका छन्। यसवर्ष चौधरीको खातामा १० करोड अमेरिकी डलर कमाई थपिएपछि उनको धनको ग्राफ फेरि उकालो लागेको छ। 

विश्वका धनाढ्यको नालीबेली उतार्ने म्यागजित फोर्बस्ले नेपाली खर्बपति चौधरीको कमाई बढोत्तरी भएको समाचार प्रकाशित गरेको छ। 

सामान्य परिवारबाट व्यापार व्यवसायमा लागेका चौधरी दर्जनौ व्यापारिक प्रतिष्ठानका संस्थापक हुन्। नेपाल र विदेशमा उनका विभिन्न प्रकृतिका व्यवसाय सञ्चालनमा छन्।

 चौधरी पैसाको फरक परिभाषा गर्छन्। उनी पैसालाई केवल अंक अर्थात् ‘नम्बर’ मात्र मान्दछन्। ‘यो एउटा नम्बर मात्र त हो नि’ चौधरी भन्छन्। हेरौं उद्योगपति चौधरीले दृश्य टिभीसँग गरेको पैसा वार्ता।  (पुन: प्रकाशित)  

Binod Chaudhary_CSK0385

 

प्रतिक्रिया