स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित महोत्तरीबाट दुईजना पक्राउ

महोत्तरी । महोत्तरीको औरहीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । औरही नगरपालिका–१ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाखसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय किशोर रहेका छन् ।

ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया