लोक गायिका मेनुका परियार र सन्दिप परियारको "रस छ फूलैमा" बोलको नयाँ गीत सार्वजनिक भएको छ।  संगीतकार प्रमोद पन्तको संगीत सृजना र डा. सदानन्द कडेलको शब्द रहेको गीतको म्युजिक भिडियो मिलन श्रेष्ठले निर्देश्न गरेका हुन्। रिदम कंडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई कुमार केसिले रेकर्ड गरेका हुन् । 


युवायुवती बीचको प्रेम प्रसंगलाई दर्साइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पीपीएम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।


 भिडियो लिन्क: https://youtu.be/EmEx8xxzSU

 

 

प्रतिक्रिया