बाबुको हत्या अभियोगमा छोरा पक्राउ

विराटनगर । आफ्नै बाबु ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा वादविवाद तथा झै–झगडा हुँदा आफ्नै बाबुलाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


 

प्रतिक्रिया