चीनमा माछाको विर्यबाट बनाइयो, प्रकृतिमैत्री प्लास्टिक

 

बेइजीङ । चीनमा वैज्ञानिकहरुले सालमोन माछाको स्पर्म (विर्य)बाट इको फ्रेन्डली प्लास्टिक बनाउन सफलता पाएका छन् । यस्तो प्लास्टिक, जसले अब वातावरणमा प्रदुषण फैलाउने छैन । 

सालमोन माछाको विर्यको डिएनएका दुइ रेशालाई तरकारी पकाउन प्रयोग गरिने तेलको रसायनसँग मिलाएर यो प्लास्टीक बनाइएको हो । दुबैको मिश्रणबाट तयार गरिएको पदार्थलाई ‘हाइड्रोजेल’ नाम दिइएको छ । 

वैज्ञानिकहरुले सुरुमा यो हाइड्रोजेललाई विभिन्न आकारमा ढाले ।  गिलोपन कम गर्न सुकाए । यो पुरै प्रकृयाबाट यो नव निर्मित पदार्थ कठोर बन्नपुग्यो । अर्थात यसले हाल प्रचलनमा रहेको प्लास्टिकलेजस्तै काम गरिहाल्यो । 

कपदेखि कच्चा पदार्थसम्म 

cup

सोधकर्ताहरुले यो इकोफ्रेन्डली प्लास्टिकबाट पहिले एउटा कप बनाए । कपमा सफलता पाएपछि अन्य कयौं सामान बनाएका छन् । 

चिनिया वैज्ञानिकले सालमोन माछाको बिर्यबाट आफ्नो कच्चा माल तयार गरेपछि अब यसले अन्य संभावनाको ढोका पनि खोलेको छ । 

डीएनएमा पृथ्वीमा पाइने हरेक जीवको जिनेटिक कोड हुन्छ । सन् २०१५ मा भएको एक सोध अनुसार पृथ्वीमा ५० अर्ब टन डीएनए छ । यसको अर्थ के हो भने अब हामी प्राविधिक रुपमा अन्य दिर्घकालीन स्रोतबाट पनि प्लास्टिक बनाउन सक्छौं । जस्तै, अन्नबालीको अवशेष या ब्याक्टेरिया । 

घातक प्लास्टिकलाई बाइबाइ

plastic polutions

विश्वभर अहिले प्लास्टिक पर्यावरणीय समस्याको एक प्रमुख कारक बनेको छ । किनकी, प्लास्टिक पेट्रोकेमिकलबाट बनाइन्छ । यसलाई बनाउन ठूलो मात्रामा ताप र विषालु पदार्थको खाँचो पर्छ । एक पटक प्लास्टीक बनेपछि यो नस्ट हुन सयौं वर्ष लाग्छ ।

संसारमा निकै कम मात्रामा प्लास्टिक रिसाइकिल गरिन्छ । यो प्लास्टिकका फोहर यताउता फैलीइरहेको हुन्छ । कहाँसम्म भने समुद्रको गहिराइमा पनि प्लास्टिक पुगेको छ । ह्वेल माछा र डल्फीनको पेटसम्म प्लास्टिक पुगेर उनीहरुको मृत्यु भइरहेको छ । यसैकारण सोधकर्ताले एक यस्तो विकल्प खोजिरहेका थिए, जसले पर्यावरणलाई कम क्षति पु¥याओस् । हुन त कयौं यस्ता प्लास्टिक पनि पहिला नबनाइएको हैन, तर त्यसलाई बनाउन निकै उर्जाको खाँचो पर्छ र रिसाइकल गर्न पनि सकिदैन । 

प्रकृतिमैत्री प्लास्टिक 
यस्तोमा चीनको तियानजिन विश्वविद्यालयका दयोङ याङ र उनको समूहले अब एउटा यस्तो पदार्थ बनाउन खोजिरहेको छ, जसले यी सारा समस्या समाप्त गरोस् । डीएनएमा आधारित प्लास्टिक अहिले प्रयोगमा रहेको प्लास्टिकको तुलनामा ९७ प्रतिशत कम कार्बन उत्सर्जन गर्छ । यतिमात्र हैन, यसलाई रिसाइकल गर्न पनि निकै सहज छ । यो प्लास्टिकलाई इन्जाइमको सहायतामा समाप्त पनि गर्न सकिन्छ । 
 

प्रतिक्रिया