कस्तो मानिससँग संगत गर्ने, यस्तो छ चिन्ने तरिका

कौटिल्यलाई बिद्वान मानिन्छ। उनको समयकालमा। उनको कौटिल्यको अर्थशास्त्र भन्ने पुस्तक प्रसिद्ध छ। यद्यपि त्यो फगत अर्थशास्त्र मात्र नभएर तत्कालीन कानुन, समाजशास्त्र, धर्म, कर्म, कुटनीति, एवं उनका बेलाको एक राज्य संचालन गर्ने शास्त्र। जस्तो कि संविधान नै भयो अहिलेको। उनले अनेकौं ज्योतिष, अनेकौं मानव आचरण लगायत मनोविज्ञान समेतको ब्याख्या गरेका छन्।

कौटिल्यका अनुसार, मान्छेको स्वभावको निम्नरुपमा बर्गीकरण गरेको पाइन्छ ।

१) शासकीय जिम्मेवारी बोकेको मानिस अर्थात् राज्य  चलाउने  राजाको स्वभाव निम्नानुसार हुनुपर्छ:

क. सिंहको जस्तो दृढता,
ख. कोइलीको जस्तो धूर्तता,
ग. गाईजस्तो शान्त,
घ. घोडा जस्तो फुर्तिलो, 
ङ. कुकुर जस्तो चलाख,
च. श्वान अर्थात् श्यालजस्तो अल्प निन्द्रालु,
छ. चिलको जस्तो तेज दृष्टि र दूरदर्शिता,
ज. चितुवाको जस्तो सुरक्षा कवच,

२) मानिसको स्वभाव वर्गीकरण

क. पृथ्वीतिर ज्यादा घोत्लने मानिस क्रुर, श्वार्थी वा उन्मादी हुन्छ। यस्तो मानिस घोत्लँदा यदि हात मुट्ठी पारेर बूढी ओैंलो दवाउँछ भने कसैलाई हत्या गर्ने वा बदला लिने सोचमा हुन्छ।


ख. अक्सर घोत्ल्याँइका साथमा दुई हात बाख्राको टाट्नो जस्तो बाटी पेट तल हात राखिरहन्छ भने कुनै अवसाद वा बिषादमा हुन्छ। यस्ताको मानसिक स्वास्थ्य उठाउन मद्दत गर्नुपर्छ।


ग. गफगाफ गर्दा बोलेका बखत घरि भुँइतिर हेर्ने, घुँडामा हात राख्न मन पराउने अनि धेरै नबोल्ने यद्यपि बोल्दा अरुलाई बोल्न पनि नदिने, सिधा नबोली घुमाइ घुमाइ कुरा गर्ने, थोरै ब्यंङ्गय मिश्रित भावले छोपेर गहिराइमा आफ्नो ब्यक्तित्व माथि उठाउन चेष्टा गर्ने, एकान्तमा हिँड्दा डुल्दा वा बस्दा मनैमन गफिएजस्तो ओठ चलाउने एवं औंला गन्ने, मानिस अरुलाई बढी उपदेश दिने र आफुलाई पर्दा आात्तिने नदेखिने महत्वाकांक्षा पालेका धेरै लोभी, कुनै कुरा वा पदार्थबाट त्रिप्त नहुने अन्तरका बढो इर्ष्यालु, कृपण र लम्पट हुन्छन् यस्तालाई मित्र नबनाउनु।


घ. आमने सामने हेरेर गफ गर्ने मानिस सत्यवादी र निर्भीक हुन्छन्, यस्तो मानिसलाई मित्र बनाउनुपर्छ।


ङ. आकाश बेला बखत हेर्दै कुरा गर्ने मानिस धार्मिक हुन्छ।


च. कुरा खुलेर राख्न नसक्ने मानिस अल्छि हुन्छ।


छ. अर्काको कुरा सुनिरहने झैं देखिने तर जवाफ फर्काउने ठाउँमा पनि चुप लाग्ने मानिस अन्यमनस्क हुन्छ।


ज. आफ्नो मात्र कुरा गर्ने अरुको नसुन्ने मानिस सरल बढी नै हुने भएको कारण अस्तब्यस्त र लापरबाही हुन्छ।


झ. अरुको कुरा धेरै सुनेर निर्भीकताका साथ आफ्नो राय दिने मानिस राजा समान हुन्छ। यस्ताको संगत गर्नु बेश हन्छ। (कौटिल्यको शास्त्रबाट)

प्रतिक्रिया