अमेरिकामा राम्रो देखिन खुट्टाको सल्यक्रिया

काठमाडौं। अमेरिकामा राम्रो देखिने अभियान स्वरूप युवाहरू आफ्नो खुट्टाको अपरेशन गर्न थालेका छन्। अग्लो मान्छे सुन्दर हुन्छ भन्ने भ्रम युवाहरूमा पर्न थालेको छ।

यो अभियानमा गुगल, अमेजन, माइक्रोसफ्ट र मेटा जस्ता टेक कम्पनीका सफ्टवेयर इन्जिनियर समावेश छन्। उनीहरू आफ्नो खुट्टाको सल्यक्रिया गर्दै ३ देखि ६ इन्चीसम्म अग्लो भइरहेका छन्। 

अग्लो बनाउन सल्यक्रिया गर्ने संस्था लिम्बप्लान्टका केभिन देवीपार्सड हाँस्दै भन्छन्, ‘मसँग यति धेरै टेक बिरामी छन् कि उस्तै परे म टेक कम्पनी नै खोल्न सक्छु। यतिबेला सल्यक्रियाका लागि २० जना लाइनमा छन्। अहिले माइक्रोसफ्टका कर्मचारी बढी छन्। गुगल, अमेजन र फेसबुकका सफ्टवेयर इन्जिनियरले अपरेशन गराइसकेका छन्।’
उनले कोरोनाकालमा सबैभन्दा बढी सल्यक्रिया भएको बताए। 

यसरी हुन्छ सल्यक्रिया

सबैभन्दा पहिले चिकित्सकहरू बिरामीको जाँघको हड्डी फोड्ने गर्छन। र, यसमा ‘मेटल नेल’ प्रयोग गर्ने गरिन्छ। सल्यक्रिया भएको तीन महिनासम्म ‘मेटल नेल’ लाई म्यागनेटिक रिमोट कन्ट्रोलमार्फत विस्तारै लामो बनाइन्छ। हड्डीलाई बलियो हुन महिनौं लाग्ने गर्छ। अपरेशन गराइसकेका एक सफ्टवेयर इन्जिनियरले भने, ‘अपरेशनपछि तीन महिना घरमा आराम गर्नुपर्यो।’

hight

चिकित्सकहरू खेलाडीहरूलाई भने अग्लो बन्न यो अपरेशन नगर्न सल्लाह दिन्छन्। किनभने यो विधिले लम्बाई बढे पनि हड्डी कमजोर हुन्छ। भविस्यमा हिँडडुल गर्न समस्या हुनसक्छ। अपरेशन गराएर बसेका व्यक्तिहरूले यस बारेमा चर्चा गरेको सुनिदैन्। 

३ देखि ६ इन्चीसम्म लम्बाई बढाउन सकिन्छ

लम्बाई बढाउने यो अपरेशनमा लगभग १ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ। चिकित्सकहरू अपरेशनबाट ३ देखि ६ इन्चीसम्म लम्बाई बढाउन सकिने बताउँछन्। लस भेगासमा बसोबास गरेर जागिर खाइरहेका ठूला टेक कम्पनीका कर्मचारीका लागि यो रकम खासै महंगो होइन। त्यसैले उनीहरू नै अपरेशन गराइरहेका छन्। 

महिला भन्दा पुरुषमा क्रेज

केभिन भन्छन्, ‘बढी पुरुषले नै अपरेशन गरेका छन्। महिलाको संख्या नगन्य मात्रामा छ। अपरेशन महंगो छ। त्यसैले धनीहरूले मात्र अपरेशन गर्न सक्छन्। सफ्टवेयर इन्जिनियरबाहेक पनि केही कम्पनीका सीइओ, चलचित्र अभिनेता तथा फाइनान्सल प्रोफेसनलले सल्यक्रिया गरेका छन्। 

 –एजेन्सी
 
 

प्रतिक्रिया